News Portal

बिरामी पत्नीलाई ७० वर्षीय वृद्धले झोलुंगोमै बोकेर पुर्‍याए अस्पताल

हिमालीसंचार संवाददाता
२९३ पटक

जनकपुरधाम। धनुषाको जनकनन्दनी गाउँपालिका–४ खुजरी चन्हाकी ६८ वर्षीया अमिर्ती देवी सोमबार पति रामआशिष मण्डलसँग रेल चढेर जनकपुर आइन्। उपचारका लागि आएका उनीहरु जनकपुरको केवट कुट्टीमा बास बसे।

राति ११ बजे मुटुको समस्याले अमिर्ती छटपटाउन थालिन्, दमको समस्या बढ्न थाल्यो। पति रामआशिष बेचैन भए। हतारहतार जनकपुर प्रादेशिक अस्पताल पुर्‍याउन छेउकै सडक हुँदै गुडेका अटो रिक्सा, एम्बुलेन्स र गाडीलाई रोकेर बिन्ती गरे। तर कसैले अमिर्तीलाई अस्पताल पुर्‍याइदिन मानेनन्।

केहीबेरमा आफन्त मधुर मण्डल आइपुगे। उनलाई देखेपछि ७० वर्षका रामअशिषलाई सहयोग पुग्ने विश्वास पलायो। मधुरले दिदी नाता पर्ने अमिर्तीलाई बोकेरै भएपनि अस्पताल पुर्‍याउन तयार भए।

एउटा बाँसको टुक्रा कुट्टीबाट खोजे। दुई छेउमा कपडा बाँधेर स्ट्रेचरजस्तो बनाए। त्यसमै अमिर्तीलाई राखेर रामआशिष र मधुरले डेढ किलोमिटर टाढा रहेको प्रादेशिक अस्पताल पुर्‍यायो। समयमै झोल्ना (झोलुंगो)मै लगेपछि अमिर्तीको बेलैमा उपचार भयो।

प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेकी अमिर्तीले स्वास्थ्यमा सुधार भएको बताइन। ‘मलाई समयमै अस्पताल नल्याएको भए बाँच्ने थिइनँ होला’ अमिर्तीले भनिन्। उनी एक वर्षदेखि मुटु र मधुमेहको बिरामी छन्।

माधुरले आफूले पनि बिन्ती गर्दा कुनै अटो, एम्बुलेन्स र गाडीले ल्याउन नमानेपछि झोल्नामै बोकेर अस्पताल पुर्‍याएको बताए। ‘पैसा दिन्छु, लगिदिनुस् भनेर धेरैलाई आग्रह गर्‍यौं तर कसैले मानेनन्’ उनले भने।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...