News Portal

बिरामी पत्नीलाई ७० वर्षीय वृद्धले झोलुंगोमै बोकेर पुर्‍याए अस्पताल

हिमालीसंचार संवाददाता
३३३ पटक

जनकपुरधाम। धनुषाको जनकनन्दनी गाउँपालिका–४ खुजरी चन्हाकी ६८ वर्षीया अमिर्ती देवी सोमबार पति रामआशिष मण्डलसँग रेल चढेर जनकपुर आइन्। उपचारका लागि आएका उनीहरु जनकपुरको केवट कुट्टीमा बास बसे।

राति ११ बजे मुटुको समस्याले अमिर्ती छटपटाउन थालिन्, दमको समस्या बढ्न थाल्यो। पति रामआशिष बेचैन भए। हतारहतार जनकपुर प्रादेशिक अस्पताल पुर्‍याउन छेउकै सडक हुँदै गुडेका अटो रिक्सा, एम्बुलेन्स र गाडीलाई रोकेर बिन्ती गरे। तर कसैले अमिर्तीलाई अस्पताल पुर्‍याइदिन मानेनन्।

केहीबेरमा आफन्त मधुर मण्डल आइपुगे। उनलाई देखेपछि ७० वर्षका रामअशिषलाई सहयोग पुग्ने विश्वास पलायो। मधुरले दिदी नाता पर्ने अमिर्तीलाई बोकेरै भएपनि अस्पताल पुर्‍याउन तयार भए।

एउटा बाँसको टुक्रा कुट्टीबाट खोजे। दुई छेउमा कपडा बाँधेर स्ट्रेचरजस्तो बनाए। त्यसमै अमिर्तीलाई राखेर रामआशिष र मधुरले डेढ किलोमिटर टाढा रहेको प्रादेशिक अस्पताल पुर्‍यायो। समयमै झोल्ना (झोलुंगो)मै लगेपछि अमिर्तीको बेलैमा उपचार भयो।

प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेकी अमिर्तीले स्वास्थ्यमा सुधार भएको बताइन। ‘मलाई समयमै अस्पताल नल्याएको भए बाँच्ने थिइनँ होला’ अमिर्तीले भनिन्। उनी एक वर्षदेखि मुटु र मधुमेहको बिरामी छन्।

माधुरले आफूले पनि बिन्ती गर्दा कुनै अटो, एम्बुलेन्स र गाडीले ल्याउन नमानेपछि झोल्नामै बोकेर अस्पताल पुर्‍याएको बताए। ‘पैसा दिन्छु, लगिदिनुस् भनेर धेरैलाई आग्रह गर्‍यौं तर कसैले मानेनन्’ उनले भने।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...