News Portal

रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई मेनपावर व्यवसायी पक्राउ

हिमालीसंचार संवाददाता
२८१ पटक

काठमाडौँ। रोमानिया र स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा २ जना मेनपावर व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ।

रोमानिया, स्लोभाकियालगायतका देशहरूमा पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा हरि बस्नेत र हेमलाल पुनलाई उपत्यका अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौँको शेषमतीबाट शुक्रबार साँझ पक्राउ गरेको हो। उनीहरू दुबै काठमाडौंको सुकेधारास्थित ग्लोबल भिलेज सोर्स प्रालिका सञ्चालक हुन्।

खोटाङको खोटेहाङ गाउँपालिका–९ घर भई काठमाडौं टोखा नगरपालिका–१० बस्दै आएका बस्नेत र प्युठान गौमुख नगरपालिका–७ घर भई काठमाडौं तारकेश्वर नगरपालिका–११ शेषमती बस्दै आएका मगर दुबैले विभिन्न ९ जना व्यक्तिहरूबाट नगद ३१ लाख ९० हजार रुपैयाँ ठगी गरेको प्रहरीले उल्लेख गरेको छ।

उनीहरु दुबैले वैदेशिक रोजगारीको लागि रोमानिया, स्लोभाकिया तथा अरबियन मुलुकहरूमा प्रतिष्ठित ‘एग्रिकल्चरल कम्पनि’ र ‘फ्रुट प्याकेजिङ’ लगायतको काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी ठगी गरेको प्रहरीको भनाई छ।

पक्राउ परेका दुबै जनालाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १ गतेको राशिफल

आज पुष १, २०८२ (डिसेम्बर १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा गोरखा समाजको पहिलो अधिवेशन तयारी तीव्र

कुवेत — कुवेतमा गोरखा घर भई विभिन्न पेशा तथा व्यवसायमा संलग्न नेपाली आप्रवासीहरूलाई एकताबद्ध गर्ने...

कुवेतमा निलकमल म्यानपावरमार्फत आएका पीडित नेपाली कामदारलाई युवाशक्ति कुवेतको खाद्यान्न सहयोग

कुवेत — “सके राम्रो गरौँ, नसके खराब नगरौँ” भन्ने मूल नारासहित स्थापना भएको युवाशक्ति कुवेत...

युवा रेडक्रस सर्कल नीलकण्ठ क्याम्पसकी अध्यक्ष शर्मिला अर्यालद्वारा सफल कार्यकालपछि पद हस्तान्तरण

धादिङ – युवा रेडक्रस सर्कल, नीलकण्ठ बहुमुखी क्याम्पस, धादिङकी अध्यक्ष शर्मिला अर्यालले आफ्नो कार्यकाल सफलतापूर्वक...

युवराज ज्ञवालीको स्पष्ट सन्देश, जीवनभर पद समातिरहने प्रवृत्ति त्याग्नुपर्छ

काठमाडौं, मंसिर २९ – नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले राजनीति पद र शक्तिका लागि नभई...