News Portal

जुम्लाको सिँजास्थित भाडगाउँमा बहुप्राविधिक शिक्षालय स्थापना गर्न स्वीकृति

हिमालीसंचार संवाददाता
२५९ पटक

मानदत्त रावल,
जुम्ला। जुम्ला जिल्लाको सिँजा गाउँपालिका–६ स्थित दुर्गम भाडगाउँको दिलौरीमा बहुप्राविधिक शिक्षालय स्थापना हुने भएको छ।

सिटिइभिटीले स्वीकृत प्रदान गरेसँगै दिलौरीमा बहुप्राविधिक शिक्षालय स्थापना हुने भएको हो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सानोठिमी भक्तपुरद्वारा सिँजालाई बहुप्राविधिक शिक्षालय स्थापना गर्न स्वीकृत प्रदान गरेको छ।

गाउँपालिकाले समन्वय गर्ने र भौतिक पूर्वाधार निर्माण तथा आर्थिक सुनिश्चिता सरकारले गर्ने गरी आंगिक शिक्षालयकै रूपमा सिँजाको भाडगाउँस्थित दिलौरीमा बहुप्राविधिक शिक्षालय स्थापनाका लागि स्वीकृत प्रदान भएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए।

उनले भने, ‘भाडगाउँको दिलौरी चौरमा प्राविधिक शिक्षालय स्थापना हुनेछ। त्यसका लागि भाडगाउँका स्थानीयले झन्डै एक लाख वर्गमिटर जग्गा निःशुल्क उपलब्ध गराउनेछन्। सरकारी लगानीमा दुर्गम भाडगाउँमा स्थापना हुने शिक्षालयले विपन्नका छोराछोरीलाई प्राविधिक शिक्षा आर्जन गर्न सहज हुनेछ।’

गाउँपालिाकामा बहुप्राविधिक शिक्षालय स्थापनार्थ प्रक्रिया पूरा गर्नदेखि स्वीकृति ल्याउँदासम्म लामो संघर्ष गर्नुपरेको अध्यक्ष धितालको भनाइ छ। ५/६ महिनाअघिदेखि पहल थालिएको थियो।

जग्गा निःशुल्क प्रदान हुने, समन्वयको जिम्मेवारी पालिकाले लिने र विपन्न नागरिकका छोराछोरीलाई गाउँमै प्राविधिक शिक्षा प्रदान गर्दा राहत पुग्ने समस्या दर्शाएपछि स्वीकृत भएको अध्यक्ष धितालले बताए।

‘सरकारी लगानीमै सञ्चालन हुने गरी सिटिइभिटिले सिँजामा बहुप्राविधिक शिक्षालय खोल्न स्वीकृति दिएको हो। यो सिँजा क्षेत्रका नागरिकका लागि खुसीको कुरा हो,’ धितालले भने।

गाउँमै दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने एउटा भरपर्दो शिक्षालय स्थापना हुने भएपछि सिँजा क्षेत्रका नागरिक उत्साही भएका छन्। स्वीकृत प्रदानसँगै शिक्षालय स्थापनाको प्रक्रिया अघि बढेको सिँजा गाउँपालिका जुम्लाले जनाएको छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...