News Portal

जुम्लाको सिँजास्थित भाडगाउँमा बहुप्राविधिक शिक्षालय स्थापना गर्न स्वीकृति

हिमालीसंचार संवाददाता
२२० पटक

मानदत्त रावल,
जुम्ला। जुम्ला जिल्लाको सिँजा गाउँपालिका–६ स्थित दुर्गम भाडगाउँको दिलौरीमा बहुप्राविधिक शिक्षालय स्थापना हुने भएको छ।

सिटिइभिटीले स्वीकृत प्रदान गरेसँगै दिलौरीमा बहुप्राविधिक शिक्षालय स्थापना हुने भएको हो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सानोठिमी भक्तपुरद्वारा सिँजालाई बहुप्राविधिक शिक्षालय स्थापना गर्न स्वीकृत प्रदान गरेको छ।

गाउँपालिकाले समन्वय गर्ने र भौतिक पूर्वाधार निर्माण तथा आर्थिक सुनिश्चिता सरकारले गर्ने गरी आंगिक शिक्षालयकै रूपमा सिँजाको भाडगाउँस्थित दिलौरीमा बहुप्राविधिक शिक्षालय स्थापनाका लागि स्वीकृत प्रदान भएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए।

उनले भने, ‘भाडगाउँको दिलौरी चौरमा प्राविधिक शिक्षालय स्थापना हुनेछ। त्यसका लागि भाडगाउँका स्थानीयले झन्डै एक लाख वर्गमिटर जग्गा निःशुल्क उपलब्ध गराउनेछन्। सरकारी लगानीमा दुर्गम भाडगाउँमा स्थापना हुने शिक्षालयले विपन्नका छोराछोरीलाई प्राविधिक शिक्षा आर्जन गर्न सहज हुनेछ।’

गाउँपालिाकामा बहुप्राविधिक शिक्षालय स्थापनार्थ प्रक्रिया पूरा गर्नदेखि स्वीकृति ल्याउँदासम्म लामो संघर्ष गर्नुपरेको अध्यक्ष धितालको भनाइ छ। ५/६ महिनाअघिदेखि पहल थालिएको थियो।

जग्गा निःशुल्क प्रदान हुने, समन्वयको जिम्मेवारी पालिकाले लिने र विपन्न नागरिकका छोराछोरीलाई गाउँमै प्राविधिक शिक्षा प्रदान गर्दा राहत पुग्ने समस्या दर्शाएपछि स्वीकृत भएको अध्यक्ष धितालले बताए।

‘सरकारी लगानीमै सञ्चालन हुने गरी सिटिइभिटिले सिँजामा बहुप्राविधिक शिक्षालय खोल्न स्वीकृति दिएको हो। यो सिँजा क्षेत्रका नागरिकका लागि खुसीको कुरा हो,’ धितालले भने।

गाउँमै दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने एउटा भरपर्दो शिक्षालय स्थापना हुने भएपछि सिँजा क्षेत्रका नागरिक उत्साही भएका छन्। स्वीकृत प्रदानसँगै शिक्षालय स्थापनाको प्रक्रिया अघि बढेको सिँजा गाउँपालिका जुम्लाले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...