News Portal

बस्ती नजिक जंगलमा बाघ देखिन थाल्यो, सुरक्षित रहन वन कार्यालयको आग्रह

हिमालीसंचार संवाददाता
२९९ पटक

वीरगञ्ज। पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बस्तीको नजिकको जंगलमा बाघ देखिन थालेपछि डिभिजन वन कार्यालय पर्साले सचेत रहन वन क्षेत्र आसपासमा बसोवास गर्ने बासिन्दाहरुलाई आग्रह गरेको छ।

पर्साको सबैया, बढनिहार र मनवाको मानव बस्ती आसपासको क्षेत्रमा बाघ देखिएको हुँदा सर्वसाधरणलाई वन जंगलमा आफ्नो चौपाय लिएर नजान डिभिजन वन कार्यालय पर्साले सचेत गराएको हो।

डिभिजन वन कार्यालय पर्साका प्रमुख डिभिजन वन अधिकृत सुवासचन्द्र दासका अनुसार पर्सा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या उल्लेख बृद्धि भएको र बस्ती आसपासको इलकामा बाघ बस्न थालेकोले वन जंगलको छेउछाउका वासिन्दालाई सचेत गर्न सूचना गरिएको छ।

पर्सा राष्ट्रिय निकुञ्जमा ४१ वटा पाटेबाघ रहेको डिभिजन वन अधिकृत दासले बताए। उनका अनुसार केही दिन पहिला पर्सागढी नगरपालिका वडा नं. १ जमुना टोल निवासी ज्ञानमाया स्याङताङ्गको ३ वटा गाई बाघले खाइदिएको थियो।

पाटेबाघको कारण घरपालुवा जनावर र मान्छेलाई समेत आक्रमण गर्न सक्ने भएकोले वन जंगल भित्र प्रवेश नगर्न र वस्तीमासमेत घरपालुवा जनावरलाई सुरक्षित राख्न वनजंगल आसपासका क्षेत्रमा बसोवास गर्ने जनतालाई सूचित गरिएको डिभिजन वन अधिकृत दासले बताए।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...