News Portal

कुवेतका नेपालीहरुले यसरी मनाए बडादशैँ

हिमाली संचार संवाददाता
८०० पटक

माधब शाही
कुवेत – हिन्दुधर्मालम्बीहरुको महान चाड विजया दशमी संसार भरी मनाई रहँदा कुवेतमा पनी बिभिन्न ठाउँमा छुट्टाछुट्टै तरिकाले दशैँ मनाइएको छ।

कुवेतमा नेपालीहरुको संख्या बढ्ने क्रम संगै नेपालका सबै खाले चाडपर्वहरु मनाउदै आएका छन् । दशैँमा परम्परागत किसिमले घरमा जमरा राख्ने, दुर्गापूजा गर्ने, आफूभन्दा ठूलाबडाहरुबाट आर्शिवाद लिएर टीका थाप्ने चलन बढ्दै गएको छ ।कसैले घरमै मनाए भने कोही कार्यक्रम स्थलमा गएर टिका जमरा लगाई नाचगान गरी दशैँ मनाए ।

लालीगुराँस सास्कृतिक परिवार र अन्तराष्ट्रिय कलाकार मंचले संयुक्त प्रस्तुतीमा दुर्गा पुजा एवं दशैँ साँस्कृतिक धमाका २०१८ को कार्यक्रम आयोजना गरी खेतान स्थित राजधानी रेष्टुरेन्टको सभा हलमा ठुलो संख्यामा कुवेतवासी नेपालीले दशैँ मनाए ।

सोम रसाइलीको सभापतीत्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी नेपाली राजदुतावास कुवेतका महामहिम राजदुत यज्ञ बहादुर हमालको रहेको थियो भने बिशिष्ट अतिथीमा राजदुत धर्मपत्नी रिता हमालको रहेको थियो । अतिथीहरुमा पत्रकार महासंघ कुवेत शाखाका प्रतिनिधी माधब शाही, पत्रकार नैनाकला राई, बिश्व हिन्दु महसंघ कुवेतका अध्यक्ष टिकाराम आचार्य, लोक गायक माधब शर्मा रहेका थिए भने कार्यक्रममा बिभिन्न संघसंस्थाका प्रतिनिधिहरु, पत्रकारहरु, बुद्धिजीवी, समाजसेवी एवम् कुवेतबासी नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो।

अम्मर खड्काले कार्यक्रम संचालन गरेका थिए भने लालीगुराँस सास्कृतिक परिवारका अध्यक्ष माधब पौडेलले मन्तब्यबाट कार्यक्रममा उपस्थित अतिथीहरुलाई स्वागत गरेका थिए  ।

राष्ट्रिय गीत संगै कार्यक्रमको सुरुवात गरिएको थियो भने टिकाराम आचार्यले दुर्गा पुजाको मंत्र जब गरी दुर्गा देवीको पुजाआजा गरी कार्यक्रमका सभापती, प्रमुख अतिथी, बिशिस्ट अतिथी, अतिथीहरुले एक आपसमा टिका लगाई दशैँ टिका तथा जमरा लगाउने  कार्यक्रमको उद्वाटन गरीएको थियो ।

प्रमुख अतिथी नेपाली राजदुतावास कुवेतका महामहिम राजदुत यज्ञ बहादुर हमाल पत्रकार महासंघ कुवेत शाखाका प्रतिनिधी माधब शाही, पत्रकार नैना कला राई, बिश्व हिन्दु महसंघ कुवेतका अध्यक्ष टिकाराम आचार्य, लोक गायक माधब शर्मा लगायतले दशैँ शुभकामना मन्तब्य राखेका थिए । कुवेतवासी नेपालीको नियास्रोपन मेटाउन तथा भाईचाराको सम्बन्ध लाई प्रगाढ राख्न कार्यक्रमले ठुलो भुमिका खेलेको बताउदै बक्ताहरुले आयोजक प्रती आभार प्रकट गरेका थिए । प्रवासमा भए पनी स्वदेसमा जस्तै दशैँ मनाउन पाउँदा उपस्थित सबैले खुशी ब्यक्त गरेका थिए ।

कार्यक्रममा उपस्थित नेपाली परम्परागत पोशाकहरु दौरा सुरुवाल, साडी चोलो लगाएर दशैंलाई अझ रंगीन बनाएका थिए । पन्चे बाजा लगायत स्थानिय कलाकारहरुको गायन तथा नृत्य प्रतुतीले दशैँ कार्यक्रमलाई थप रौनक थपेको थियो

संस्थालाई अतुलनीय सहयोग पुर्याउने ब्यक्ति बिसेषलाई प्रमाण पत्र तथा दोसल्लाले सम्मान गरीएको थियो  ।

सभापती शोम रसाइलीले कार्यक्रम सफल पार्न सहयोग पुर्याउने सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद दिँदै कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...