News Portal

कुवेतमा झापाकी तेजमायाको हृदयघातका कारण मृत्यु

हिमाली संचार संवाददाता
६९० पटक

कुवेत : कुवेतमा फेरि नेपाली महिला घरेलु कामदारको मृत्यु भएको छ । ६ बर्ष पहिला घरेलु कामदारमा कुवेत आएकी खुदुनाबारी-४ झापाकी तेजमाया पौडेलको गत बिहिवार मृत्यु भएको हो ।

४३ बर्षकी पौडेल हृदयघातका कारण मृत्यु भएको श्रोतले जनाएको छ । श्रोतका अनुसार बिहिवार आफुलाइ अस्वस्थ महसुस भए पछि फर्वानियास्थित मेट्रो क्लिनिकमा उपचार गराउन गएकी थिइन।

मेट्रोले साधारण उपचार गराइ एम्बुलेन्स मार्फत फर्वानिया हस्पिटलमा रिफर गरेको थियो। फर्वानिया हस्पिटलमा उपचार गर्दागर्दै बेलुकी ७ बजे डाक्टरले उनलाइ मृत घोषणा गरेका थियो ।

नेपाली दुतावास कुवेतका द्वितीय सचिव ज्ञानबहादुर मगरले मृतक पौडेलका परीवार सम्पर्कमा रहेको र केही दिन भित्रमा शव नेपाल पठाइने बताएका छन् ।

प्रतिकृया दिनुहोस्

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...