News Portal

जब जगल्ट्याउँदै डीएसपीले महिलालाई सडकमा घिसारेपछि…(भिडियो सहित)

हिमालीसंचार संवाददाता
४१० पटक

काठमाडौं। काठमाडौंको शंखरापुर बोझनीका स्थानीयहरु ५ दिनदेखि आन्दोलनमा छन्। उनीहरु कुनै पनि हालतमा जग्गा अधिग्रहण गरेर बिनासूचना राज्यद्वारा बनाउन लागिएकाले विद्युत सबस्टेसन बन्न नदिने भन्दै आन्दोलनमा छन्।

तर, सरकार भने त्यहिँ ठाउँमा सबस्टेसनको चाँजोपाँजो सबै मिलाइएकोले जसरी हुन्छ ४५६ मेगावाटको अपर तामाकोसी जलविद्युत् आयोजनाको विद्युत प्रसारण लाइनको सबस्टेसन बनाउने योजनामा छ।

तर, स्थानीयहरु भने वर्षाैदेखि बस्दै आएको आफ्नो थातथलोमा राज्यले औपनिवेश लादेको भन्दै विरोधमा छन्। र, उनीहरु सरकारले शान्तिपूर्ण ढंगले आफूहरुको व्यवस्थापन गर्नुपर्ने माग उठाइरहेका छन्।

आन्दोलनको पाँचौँ दिन पनि निरन्तर आन्दोलनमा उत्रिएका स्थानीयसँग राज्यबाट खटाइएका सुरक्षाकर्मीको मुडभेड भयो। स्थानीय निरमाया तामाङ, बिना तामाङ र १२ वर्षीय दोर्जे तामाङ घाइते हुन पुगे। प्रहरीले लाठी चार्जमात्र गरेन चर्काे बोल्ने स्थानीयहरुको बोली अवरुद्ध पार्न बाघले बाख्रा जसरी खेद्यो।

यहिँ क्रममा एउटा अनौँठो दृश्य देखियो। आन्दोलनमा महिला, पुरुष, वृद्ध, बालक सबै एकै स्वरमा सडक आन्दोलनमा उत्रिरहेका थिए। तर, एकाएक बाघले बाख्रा समातेजसरी एपीएफका डीएसपी सुदिप प्रसाईंले जगल्ट्याउँदै एक महिलालाई सडकमा घिसार्छन्।

पीडाले महिला कराउँछिन्। उनको चित्कार सुनेर अरु आन्दोलनकारी पनि उनलाई साथ दिन त्यहाँ आइपुग्छन्। त्यसपछि डीएसपीले महिलालाई हत्तपत्त छाड्छन्।

डीएसपी प्रसाईंबाट हातपात भएकी महिला हुन्, बिना तामाङ। जनताको सेवा गर्ने प्रहरी नै हातपातमा उत्रिएको भन्दै आन्दोलनरत स्थानीय तुलाराम लामाले आक्राशे व्यक्त गरे।

उनले महिलामाथि हातपात गरिएको भन्दै त्यसको खण्डन गरेका छन्। उनले प्रहरी दमन यसरी उत्रिएर स्थानीयको अधिकारमाथि हनन गरेको भन्दै त्यो सह्य नभएको बताए।

बुधबार प्रहरीले गोली देखाएर स्थानीयहरुलाई तर्साउन खोज्ने प्रयास गरेको थियो। तर, स्थानीयले ज्यानको बाजी राखेर आफ्नो थातथलोबाट एक कदम नहट्ने भन्दै आन्दोलन जारी राख्दै आएका छन्। डीएसपी सुदिप प्रसाईंले जगल्ट्याउँदै एक महिलालाई सडकमा घिसारेको भिडियो समाजिक संजालभरीमा छताछुल्ल छ।

प्रतिकृया दिनुहोस्

प्रदेश संरचनामाथि फैलाइएको भ्रम तोड्दै बालेन, ‘समस्या तलब होइन, भ्रष्टाचार हो’

काठमाडौं, २० माघ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रदेश संरचनालाई...

श्रीमतीको हत्या पछि श्रीमानद्वारा आत्महत्या

मोरङ, – मोरङको रंगेली नगरपालिका–५ स्थित धनपट्टीमा एक दम्पतीको मृत्यु भएको छ। घरेलु विवादका क्रममा...

आज २०८२ साल माघ २० गतेको राशिफल

आज माघ २०, २०८२ ( फेब्रुअरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेताहरूको नाम दुरुपयोग गर्दै रकम उठाउने अमेरिकी नागरिक पक्राउ

काठमाडौं, १९ माघ – नेपाली नेताहरूको नाम प्रयोग गरी अन्तर्राष्ट्रिय ‘फण्ड’ उठाउने प्रयासमा एक अमेरिकी नागरिक...

त्रिभुवन विमानस्थल भन्सारमा अख्तियारको छापा, घुससहित तीन कर्मचारी पक्राउ

काठमाडौं, १९ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा छापा मार्दै तीन...