News Portal

मोरङको रंगेलीमा महिला हिंसा न्यूनीकरणका लागि एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

हिमालीसंचार संवाददाता
२५० पटक

रबिन्द्र बराल,मोरङ। मोरङको रंगेली नगरमा महिला हिंसा न्यूनिकरण सम्बन्धमा स्थानीय तहका पदाधिकारीहरू र नेपाल प्रहरीबीच एक दिने अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ।

युनिसेफको सहयोगमा नेपाल प्रहरी, महिला बालबालिका तथा ज्येष्ठ नागरिकलाई सुदृढ गर्दै बालबालिकाका लागि न्याय निर्देशनालय परियोजनाको अनुगमन तथा मुल्यांकन भ्रमण कार्यक्रम अन्तर्गत सो कार्यक्रम सम्पन्न गरिएको थियो।

रंगेली नगरपालिका-७ स्थित तिरुपति बालाजी मन्दिरको सभाहलमा इलाका प्रहरी कार्यालय रंगेलीको आयोजनामा उक्त कार्यक्रमको आयोजना गरिएको हो।

आयोजित कार्यक्रमको प्रमुख अतिथि प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण हरी शर्मा, रंगेली नगर प्रमुख दिलिप अग्रवाल, उपमेयर भुमा पराजुली, इलाका प्रहरी रंगेलीका प्रहरी निरिक्षक शैलेश न्यौपाने, वडाध्यक्ष रामचन्द्र मंण्डल, धनपालथान गाउँपालिका प्रमुख, लगायत अन्य पालिका प्रमुख तथा जनप्रतिनिधिहरु, महिला संजाल, सरोकारवालाहरुको समेत उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरुलाई मानसिक हिंसा घरेलु हिंसा, शारीरिक यातनाको डर, धम्काउने, त्रासपूर्ण व्यवहार गर्ने, गाली गलौज गर्ने, झुठ्ठा बात लगाउने, घरबाट निकालागर्ने, वैचारिक, धार्मिक, सास्कृतिक, प्रथा परम्पराका आधारमा भेदभाव गर्ने, शिशु(भ्रुण) पहिचान गरी गर्भपतन गर्न नहुनें, बोक्सी आरोप लगायतका बिषयमा महिला हिंसा न्यूनिकरणमा स्थानिय, जनप्रतिनिधि र प्रहरीबीच महिला तथा बालबालिका सम्बन्धि कानूनी व्यवस्था र नगरपालिकाको भुमिका सम्बन्धमा जानकारी गराएका थिए।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...