News Portal

मोरङको रंगेलीमा महिला हिंसा न्यूनीकरणका लागि एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

हिमालीसंचार संवाददाता
२०८ पटक

रबिन्द्र बराल,मोरङ। मोरङको रंगेली नगरमा महिला हिंसा न्यूनिकरण सम्बन्धमा स्थानीय तहका पदाधिकारीहरू र नेपाल प्रहरीबीच एक दिने अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ।

युनिसेफको सहयोगमा नेपाल प्रहरी, महिला बालबालिका तथा ज्येष्ठ नागरिकलाई सुदृढ गर्दै बालबालिकाका लागि न्याय निर्देशनालय परियोजनाको अनुगमन तथा मुल्यांकन भ्रमण कार्यक्रम अन्तर्गत सो कार्यक्रम सम्पन्न गरिएको थियो।

रंगेली नगरपालिका-७ स्थित तिरुपति बालाजी मन्दिरको सभाहलमा इलाका प्रहरी कार्यालय रंगेलीको आयोजनामा उक्त कार्यक्रमको आयोजना गरिएको हो।

आयोजित कार्यक्रमको प्रमुख अतिथि प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण हरी शर्मा, रंगेली नगर प्रमुख दिलिप अग्रवाल, उपमेयर भुमा पराजुली, इलाका प्रहरी रंगेलीका प्रहरी निरिक्षक शैलेश न्यौपाने, वडाध्यक्ष रामचन्द्र मंण्डल, धनपालथान गाउँपालिका प्रमुख, लगायत अन्य पालिका प्रमुख तथा जनप्रतिनिधिहरु, महिला संजाल, सरोकारवालाहरुको समेत उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरुलाई मानसिक हिंसा घरेलु हिंसा, शारीरिक यातनाको डर, धम्काउने, त्रासपूर्ण व्यवहार गर्ने, गाली गलौज गर्ने, झुठ्ठा बात लगाउने, घरबाट निकालागर्ने, वैचारिक, धार्मिक, सास्कृतिक, प्रथा परम्पराका आधारमा भेदभाव गर्ने, शिशु(भ्रुण) पहिचान गरी गर्भपतन गर्न नहुनें, बोक्सी आरोप लगायतका बिषयमा महिला हिंसा न्यूनिकरणमा स्थानिय, जनप्रतिनिधि र प्रहरीबीच महिला तथा बालबालिका सम्बन्धि कानूनी व्यवस्था र नगरपालिकाको भुमिका सम्बन्धमा जानकारी गराएका थिए।

प्रतिकृया दिनुहोस्

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...