News Portal

गृहमन्त्री रबि लामिछानेलाई खेम भण्डारीको चुनौती

हिमालीसंचार संवाददाता
३१७ पटक

काठमाडौं। वरिष्ठ पत्रकार खेम भण्डारीले उप–प्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई निर्मला पन्त हत्या काण्डमा मुछिएका दिलिपसिंह विष्टलाई अदालतसम्म लैजान नसक्ने टिप्पणी गरेका छन्।

बुधबार भण्डारीले सामाजिक सञ्जालमार्फत पदको दुरुपयोग गरेर गृृहमन्त्री लामिछानेले विष्टलाई पक्राउ गर्नसक्ने बताए।

‘रवि लामिछानेको औकात नै छैन मेरो साला पर्ने दिलिपसिंह बिष्टलाई अदालतसम्म पुर्‍याउने’, पत्रकार भण्डारीले भनेका छन्।

‘पुलिस दुरुपयोग गरेर नियन्त्रणमा लिन सक्ला तर, विश्वको चासो भएको केसमा नेपाल प्रहरी कसरी बोका बन्ला ?’, प्रश्न गर्दै उनले भनेका छन्, ‘म एक्लो मान्छे हुँ तर, सत्यको अडिग सिपाही हुँ।’

‘रविलाई मेरो चेतावनी दिलिपलाई अदालतमा पेश गर्ने बुद्धि उमार ! चम्चाहरूलाइ पनि चेतना भया !’, पत्रकार भण्डारीले चेतावनी शैलीमा चुनौति दिएका छन्।

गृहमन्त्री पदको पदभार ग्रहण गरेकै दिन लामिछानेले निर्मला पन्तका दोषीलाई पक्राउ गर्न र अनुसनधान अगाडि बढाउन निर्देशन दिने निर्णय गरेका थिए।

दिलिपसिंह विष्ट निर्मला पन्तको बलत्कारपछि हात्या भएको काण्डमा संकास्पद व्यक्ति हुन्। तर, विष्टविरुद्ध ठोस प्रमाण फेला नपरेको भन्दै कारबाही अगाडि बढाउन सकेको छैन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...