News Portal

गृहमन्त्री रबि लामिछानेलाई खेम भण्डारीको चुनौती

हिमालीसंचार संवाददाता
३३५ पटक

काठमाडौं। वरिष्ठ पत्रकार खेम भण्डारीले उप–प्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई निर्मला पन्त हत्या काण्डमा मुछिएका दिलिपसिंह विष्टलाई अदालतसम्म लैजान नसक्ने टिप्पणी गरेका छन्।

बुधबार भण्डारीले सामाजिक सञ्जालमार्फत पदको दुरुपयोग गरेर गृृहमन्त्री लामिछानेले विष्टलाई पक्राउ गर्नसक्ने बताए।

‘रवि लामिछानेको औकात नै छैन मेरो साला पर्ने दिलिपसिंह बिष्टलाई अदालतसम्म पुर्‍याउने’, पत्रकार भण्डारीले भनेका छन्।

‘पुलिस दुरुपयोग गरेर नियन्त्रणमा लिन सक्ला तर, विश्वको चासो भएको केसमा नेपाल प्रहरी कसरी बोका बन्ला ?’, प्रश्न गर्दै उनले भनेका छन्, ‘म एक्लो मान्छे हुँ तर, सत्यको अडिग सिपाही हुँ।’

‘रविलाई मेरो चेतावनी दिलिपलाई अदालतमा पेश गर्ने बुद्धि उमार ! चम्चाहरूलाइ पनि चेतना भया !’, पत्रकार भण्डारीले चेतावनी शैलीमा चुनौति दिएका छन्।

गृहमन्त्री पदको पदभार ग्रहण गरेकै दिन लामिछानेले निर्मला पन्तका दोषीलाई पक्राउ गर्न र अनुसनधान अगाडि बढाउन निर्देशन दिने निर्णय गरेका थिए।

दिलिपसिंह विष्ट निर्मला पन्तको बलत्कारपछि हात्या भएको काण्डमा संकास्पद व्यक्ति हुन्। तर, विष्टविरुद्ध ठोस प्रमाण फेला नपरेको भन्दै कारबाही अगाडि बढाउन सकेको छैन।

प्रतिकृया दिनुहोस्

सिताराम गोकुल मिल्क्सको दूध बिक्रीमा रोक, गुणस्तर कम भेटिएपछि कारबाही

काठमाडौं, ३ चैत – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कीर्तिपुरस्थित सीताराम गोकुल मिल्क्सले उत्पादन...

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु हुने, च्याम्पियनसिप आयोजना हुँदै

कास्की, चैत ३ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण रोकिएको प्याराग्लाइडिङ खेल अब फेरि सुरु हुँदैछ।...

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...