News Portal

  • वैदेशिक रोजगारीमा गएका ३१ महिलासहित ४१० जना विदेशमै बेपत्ता

    हिमालीसंचार संवाददाता
    २३५ पटक

    काठमाडौं। पर्वतको बाछाका विनोद अधिकारी रोजगारीका लागि मलेसिया गएको ८ वर्ष भयो। गएको ३ वर्षसम्म परिवारको नियमित सम्पर्कमा रहेका उनी त्यसपछि सम्पर्कविहीन भएको र अहिलेसम्म केही जानकारी नआएको उनका दाजु नरेश अधिकारीले बताए।

    नरेश अधिकारीका अनुसार विनोदले मलेसियाको पाँचतारे होटलमा काम गर्न थालेकाले कमाइ राम्रै थियो। उनले तीन वर्षसम्म मासिक ५० हजार रुपैयाँका दरले पैसा पठाए। दाजु नरेश अधिकारीले भने, “भाइको खोजीका लागि श्रम मन्त्रालय, वैदेशिक रोजगार बोर्ड, वैदेशिक रोजगार विभाग, दूतावास धेरैतिर हारगुहार गरियो तर अहिलेसम्म केही खबर पाएका छैनौँ।”

    विनोदजस्तै वैदेशिक रोजगारीकै सिलसिलामा परिवारको सम्पर्कविहीन भएका नेपाली युवाको सङ्ख्या धेरै छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भर्खर सार्वजनिक गरेको ‘नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२२’ अनुसार गएको तीन वर्षमा वैदेशिक रोजगारीमा गएकामध्ये ३१ जना महिलासहित ४१० नेपाली श्रमिक विदेशमै बेपत्ता भएका छन्। यो सङ्ख्या आव २०७६/७७ देखि २०७८/७९ सम्म श्रम स्वीकृति लिएर विदेशिएकामध्येको हो।

    सो अवधिमा सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्स (यूएई)मा २५४ हराएका छन् भने मलेसियामा १०५ जना हराएका छन्। यसैगरी कुवेतमा ४८ जना, साउदी अरबमा दुई जना र ओमानमा एक जना हराएको सो प्रतिवेदनमा उल्लेख छ। गोरखापत्रदैनिकबाट।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    साथी

    कविता साथी “सुःखमा आउनेहरु मैले चाहेको दुःखमा आउनेहरू मलाई चाहेको मिठा तिता बचनहरू मैले खाएको...

    स्वास्थ्यमन्त्री शर्माको चेतावनी : “कहीं कतैबाट पनि भ्रष्टाचार भएको सुन्न नपरोस्”

    काठमाडौं, कात्तिक ९ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी नवनियुक्त मन्त्री डा. सुधा शर्मा गौतमले मन्त्रालयका...

    दुर्गा प्रसाईं र उपत्यकाका प्रशासनिक प्रमुखबीच छलफल

    काठमाडौं, कात्तिक ९ — विवादास्पद व्यवसायी दुर्गा प्रसाईंसँग काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी...

    भैरहवा: नर्स र प्यारामेडिक्सको माग पूरा नहुँदा सेवा ठप्प हुने चेतावनी

    भैरहवा, कार्तिक ९ – युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसिएमएस) भैरहवाका नर्स तथा प्यारामेडिक्सले माग...

    नेपालमा टिकटकले तीन महिनामा हटायो २४ लाख भिडियो

    काठमाडौं, कार्तिक ९ – छोटो भिडियो प्लेटफर्म टिकटकले नेपालमा अप्रिलदेखि जूनसम्म करिब २४ लाख ७६...