News Portal

खजुरा गाउँपालिकाले अनाथ बालबालिकाका लागि आवासीय भवन बनाउदै

हिमालीसंचार संवाददाता
२४१ पटक

नेपालगन्ज। बाँकेको खजुरा गाउँपालिकामा अभिभावकविहीन बालबालिकाका लागि आवासीय भवन बन्ने भएको छ। खजुरा–२ गाउँस्थित गौरीनगरमा भवन बनाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत नृपराज उपाध्यायले बताए।

उनका अनुसार पहिलो चरणमा भवन निर्माणका लागि रु ५० लाख विनियोजन गरिएको छ। मङ्गलबार भवनको शिलान्यास गर्दै गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले अभिभावकविहीन बालबालिकाको संरक्षण गर्ने उद्देश्यले भवन बनाउन लागिएको बताए।

उनले भने, “पालिकाभित्र रहेका बाबु, आमा नभएका बालबालिकालाई पालिकाले नै संरक्षण गर्ने र पढाउने नीति अघि सारेको छ, सोहीअन्तर्गत नै यहाँ भवन बन्न लागेको हो।”

अभिभावकविहीन बालबालिकालाई गाउँपालिकाले स्याहार गर्ने र पढाउने भएपछि १८ बालबालिका सम्पर्कमा आइसकेको गाउँपालिका उपाध्यक्ष मञ्जु मल्लले जानकारी दिए।

उनका अनुसार पालिकाभित्र ५० बालबालिका अभिभावकविहीन भएको हुनसक्ने आङ्कलन गरिएको छ। – रासस

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...