News Portal

१२ हजार नेपालीहरु पुगे कोरिया

हिमालीसंचार संवाददाता
३५७ पटक

काठमाडौं। वैदेशिक रोजगारीमा नेपाली युवाको आकर्षक श्रम गन्तव्य बनेको दक्षिण कोरियामा एक वर्षमै १२ हजार नेपाली गएका छन्। यी सबै रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत गएका हुन्।

कोभिड महामारीपछि दक्षिण कोरियामा विदेशी श्रमिकको अभाव भएको छ। कामदार आपूर्तिका लागि कोरियाले पहिले दिएको कोटामा थप संख्या बढाएका कारण धेरै नेपाली कोरिया जान पाएका हुन्।

अघिल्ला वर्षहरूमा वार्षिक औसत ७ हजारको संख्यामा नेपाली जाने गरेका थिए। पछिल्लो एक वर्ष (कात्तिकदेखि कात्तिकसम्म) ५ हजार नयाँ थपिएर १२ हजार जना पुगेको हो।

वैदेशिक रोजगार विभाग ईपीएस शाखा प्रमुख पुष्पराज कटुवालले कोरियाले आगामी वर्षका लागि नेपाल लगायत विभिन्न १६ राष्ट्रबाट १ लाख भन्दा बढी श्रमिक भित्र्याउने योजना बनाएको जानकारी दिए।

‘कोरियाले आगामी वर्षबाट देशगत रुपमा कोटा निर्धारण नगर्ने नीति लिएको छ। यसले धेरै नेपाली युवाले कोरिया रोजगारीको अवसर पाउने देखिएको छ, प्रमुख कटुवालले कारोबारसँग भने कोरियाले कोटाको सट्टा जसले छिटो श्रमिक पठाउँछ, त्यही देशबाट धेरै दिने नीति लिएको छ।’

प्रतिकृया दिनुहोस्

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...