News Portal

धरान उपमहानगरपालिकाका वडाध्यक्षहरु उपस्थित नहुदा कार्यपालिका बैंठक बस्न सकेन

हिमालीसंचार संवाददाता
३३० पटक

धरान – धरान उपमहानगरपालिका धरानको कार्यपालिका बैठकमा वडाध्यक्षहरुको अनुपस्थिका कारण कार्यपालिकाको बैठक फेरी आज पनी बस्न सकेन। मेयर हर्क साम्पाङले आज २ बजेका लागि आह्वान गरेको बैठकमा कार्यपालिकाको सदस्यहरु र नगरका वडाध्यक्षहरु उपस्थिति नहुदा कार्यपालिकाको बैठक बस्न नसकेको हो।

आज आह्वान गरिएको कार्यपालिकाको बैठकमा मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्र विक्रम बेधा मात्र उपस्थित थिए। प्रदेश सरकारका वन, वातावरण तथा भू-संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको शोकमा प्रदेश सरकारले आज एक दिन शोक विदा दिने निर्णय गरेको थियो। यधपी प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजाल र वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडा उस्थित भएका थिए। 

आज आह्वान गरिएको बैठकमा कार्यपालिकाको सदस्यहरु, नगरका वडाध्यक्षहरु उपस्थित नभएपछि मेयर साम्पाङ करिब ३ बजे कार्यकक्षबाट बाहिरिने क्रममा संचारकर्मीहरुको जिज्ञासामा मेयर साम्पाङले वहाहरु किन उस्थित हुनु भएन? यसको कारण थाहा नभएको प्रतिक्रिया दिए। 

त्यस्तै, उममेयर बेधाले यस्तो सानो मुद्धालाई ठुलो बनाउन नहुने धाराण राखे। हामी सबैले आफ्नो दायित्व र जिम्मेवार बहन गर्नु पर्ने आफ्नो धराणा राखेका उपमेयर बेधाले हामी सबैले जनतालाई केन्द्र विन्दुमा राखेर अधि बढ्नु पर्ने बताए। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...