News Portal

  • चाडपर्व सकिएसँगै कामको खोजीमा भारत पस्न थाले युवा

    हिमालीसंचार संवाददाता
    १८६ पटक

    काठमाडौँ। दसैँ र तिहार जस्ता महत्वपूर्ण पर्व सकिएसँगै मुलुकभर निर्वाचनको माहोल सुरु भएको छ। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको रौनक बढ्दै गरेका बेलामा भने सुदूरपश्चिमका युवाहरु भने कामको खोजीमा भारत पस्न थालेका छन्।

    मङ्सिर ४ गतेको निर्वाचन आउन दुई साताको अवधि रहँदा नेताहरु मतदाता रिझाउन गाउँगाउँ पस्दै गर्दा युवाहरु गाउँ छाड्न थालेका छन्। चाडबाड बनाउन दसैँअघि गाउँ आएका युवाहरु तिहार सकिएसँगै कामको खोजीमा भारतका विभिन्न गन्तव्यका लागि टिकट काट्न थालेका हुन्।

    सुदूरपश्चिमका युवाहरुका लागि श्रमको भरपर्दो गन्तव्य भारत हो। हाल कैलालीको त्रिनगर भन्सार नाकाबाट दिनहुँ ४ सयभन्दा बढी युवाहरु कामको खोजीमा छिमेकी मुलुक भारत फर्कन थालेको सीमास्थित सशस्त्र प्रहरी बल बोर्डर अफ पोस्टले जानकारी दिएको छ।

    लामो समयदेखि भारतको मुम्बईमा काम गर्दै आएका डोटीका नारद खडकाले आफू चाडपर्व मनाउन घर आएको र अब फेरि भारत फर्कन लागेको बताए।

    “नेपालमा काम पाउन गाह्रो छ, काम पाइहाले पनि यहाँको कमाइले खर्च धान्न गाह्रो पर्ने भएपछि भारत जान बाध्य भएको हुँ”, उनले भने।

    भारतको पञ्चाबमा काम गर्दै आएका धनगढी उपमहानगरपालिका– २ का सन्तोष आउँजीले काम गर्नका लागि भारत जानुको विकल्प नभएको बताए।

    गाउँमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै नेताहरु विभिन्न योजना लिएर गाउँ पस्दै गर्दा बेरोजगार युवाहरु भने भारतमा मजदुरी गर्नका लागि बाटो तताउँदै गरेका छन्।

    दसैँ र तिहार मनाउन घर फर्किनु भएका कैलाली ओलानीका जीतबहादुर कामी पनि यतिबेला भारत फर्कने तयारीमा छन्। “यहाँ भोट हाल्न बस्ने हो भने आम्दानी केही हुँदैन, घर खर्चका लागि भारत जानुको विकल्प छैन”, उनले भने।

    सूदुरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाका युवाहरु जागिरको खोजीमा भारतको मुम्बई, दिल्ली, पिथौरागड, नासिक, पञ्जाब, हरियाणा, बैङ्लोर लगायतका शहरमा जाने गरेका छन्। रासस

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    भिजिट भिसा दुरुपयोग प्रकरण : छानबिन समिति नबनेसम्म आन्दोलन नरोकिने राप्रपाको चेतावनी

    काठमाडौं, असार २३ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भिजिट भिसा दुरुपयोग प्रकरणमा संसदीय छानबिन समिति...

    बर्दिबासमा ट्रक र अटो ठोक्किँदा एकको ज्यान, दुई घाइते

    महोत्तरी, असार २३ — महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित स्मृतिपार्क नजिक आइतबार राति ट्रक र अटो...

    देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प, बिरामीहरू उपचारविना फर्कन बाध्य

    काठमाडौं, असार २३ – उपभोक्ता अदालतको पछिल्लो आदेशविरुद्ध नेपाल चिकित्सक संघको अगुवाइमा सुरु भएको आन्दोलनका...

    पूर्वराजा ज्ञानेन्द्र शाहको ७९ औं जन्मदिनमा निर्मल निवासमा शुभेच्छुकहरूको भिड

    काठमाडौं, असार २३ — पूर्वराजा ज्ञानेन्द्र शाहले आज आफ्नो ७९ औं जन्मदिन पारिवारिक वातावरणमा शुभेच्छुकहरूको...

    भोजपुर सामूहिक हत्या प्रकरणका शव फरेन्सिक परीक्षणका लागि धरान पठाइयो, पीडित परिवारलाई आर्थिक सहयोग

    भोजपुर, असार २३ – भोजपुरको रामप्रसाद राई–२ धोद्लेखानीमा भएको दर्दनाक सामूहिक हत्या घटनामा मारिएका चार...