News Portal

सन्दीप लामिछानेले भोलि आत्मसमर्पण गर्ने, बिना हथकडी प्रहरी कार्यालय लैजान अनुरोध

हिमालीसंचार संवाददाता
४५९ पटक

काठमाडौँ। राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले बिहीबार त्रिभुवन विमानस्थलमा प्रहरी समक्ष आफूलाई समर्पण गर्ने भएका छन्। प्रहरी कार्यालय गौशालाका प्रमुखलाई लेखेको पत्रमा लामिछानेले आफू देश बाहिर रहेको बेला दर्ता गरिएको मुद्धाका सन्दर्भमा उनले प्रहरी समक्ष आत्मसमर्पण गर्ने निर्णय गरेका हुन्।

‘म पुष्टि गर्न चाहन्छु कि म स्वेच्छाले स्वदेश फर्कँदै छु र तपाईँ समक्ष आत्मसमर्पण गर्ने छु।’ उनले आफूविरुद्ध लागेको अभियोगमा हुने अनुसन्धानमा हरेक किसिमले सहयोग गर्ने प्रतिवद्धतासँगै अनुसन्धान निकाय अनि त्यसको निष्पक्षतामा विश्वास व्यक्त गरेका छन्।

आफूले न्याय पाउनेबारे पनि उनले विश्वास व्यक्त गरेका छन्। बिहान १० बजे विमानस्थल आइपुग्दा कानून व्यवसायी सरोज घिमिरेको उपस्थितिका लागि पनि उनले प्रहरी समक्ष आग्रह गरेका छन्।

‘मेरो समर्पणका बेला मेरो सुरक्षाका हिसाबले म त्यहाँ मेरा कानून व्यवसायी अधिवक्ता सरोजकृष्ण घिमिरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थितिका लागि स्वीकृति चाहन्छु। मैले श्री घिमिरेलाई यसका लागि अनुरोध गरिसकेको छु’, पत्रमा उनले भनेका छन्।

लामिछानेले आफूलाई विमानस्थलबाट प्रहरी कार्यालयमा सुरक्षित र बिना हथकडी लैजान पनि अनुरोध गरेका छन्। लामिछानेविरुद्ध एक नाबालिकाले आफूलाई बलात्कार गरेको आरोपका साथ प्रहरीमा अभियोग दर्ता गरेकी छन्।

प्रहरी अधिकृतलाई लेखेको पत्रमा लामिछानेले आफू विदेशमा रहँदा नै यौन अपराधको आरोप लागेको र त्यसबारे विस्तृत विवरणहरु सञ्चारमाध्यममा आएको, आफूलाई क्रिकेट एसोसिएशन अफ नेपालले निलम्बन गरेको अनि ‘मिडिया ट्रायल’ सँगै आफू घृणाको शिकार भएकोमा निराशा पनि जनाएका छन्।

देशसञ्चारले सम्पर्क गर्दा अधिवक्ता घिमिरेले आफू विमानस्थलमा उपस्थित हुने र लामिछानेलाई कानून तथा संबिधान प्रदत्त सुझाव र सल्लाह दिने बताए।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...