News Portal

सन्दीप लामिछानेले भोलि आत्मसमर्पण गर्ने, बिना हथकडी प्रहरी कार्यालय लैजान अनुरोध

हिमालीसंचार संवाददाता
४१८ पटक

काठमाडौँ। राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले बिहीबार त्रिभुवन विमानस्थलमा प्रहरी समक्ष आफूलाई समर्पण गर्ने भएका छन्। प्रहरी कार्यालय गौशालाका प्रमुखलाई लेखेको पत्रमा लामिछानेले आफू देश बाहिर रहेको बेला दर्ता गरिएको मुद्धाका सन्दर्भमा उनले प्रहरी समक्ष आत्मसमर्पण गर्ने निर्णय गरेका हुन्।

‘म पुष्टि गर्न चाहन्छु कि म स्वेच्छाले स्वदेश फर्कँदै छु र तपाईँ समक्ष आत्मसमर्पण गर्ने छु।’ उनले आफूविरुद्ध लागेको अभियोगमा हुने अनुसन्धानमा हरेक किसिमले सहयोग गर्ने प्रतिवद्धतासँगै अनुसन्धान निकाय अनि त्यसको निष्पक्षतामा विश्वास व्यक्त गरेका छन्।

आफूले न्याय पाउनेबारे पनि उनले विश्वास व्यक्त गरेका छन्। बिहान १० बजे विमानस्थल आइपुग्दा कानून व्यवसायी सरोज घिमिरेको उपस्थितिका लागि पनि उनले प्रहरी समक्ष आग्रह गरेका छन्।

‘मेरो समर्पणका बेला मेरो सुरक्षाका हिसाबले म त्यहाँ मेरा कानून व्यवसायी अधिवक्ता सरोजकृष्ण घिमिरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थितिका लागि स्वीकृति चाहन्छु। मैले श्री घिमिरेलाई यसका लागि अनुरोध गरिसकेको छु’, पत्रमा उनले भनेका छन्।

लामिछानेले आफूलाई विमानस्थलबाट प्रहरी कार्यालयमा सुरक्षित र बिना हथकडी लैजान पनि अनुरोध गरेका छन्। लामिछानेविरुद्ध एक नाबालिकाले आफूलाई बलात्कार गरेको आरोपका साथ प्रहरीमा अभियोग दर्ता गरेकी छन्।

प्रहरी अधिकृतलाई लेखेको पत्रमा लामिछानेले आफू विदेशमा रहँदा नै यौन अपराधको आरोप लागेको र त्यसबारे विस्तृत विवरणहरु सञ्चारमाध्यममा आएको, आफूलाई क्रिकेट एसोसिएशन अफ नेपालले निलम्बन गरेको अनि ‘मिडिया ट्रायल’ सँगै आफू घृणाको शिकार भएकोमा निराशा पनि जनाएका छन्।

देशसञ्चारले सम्पर्क गर्दा अधिवक्ता घिमिरेले आफू विमानस्थलमा उपस्थित हुने र लामिछानेलाई कानून तथा संबिधान प्रदत्त सुझाव र सल्लाह दिने बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...