News Portal

  • एनआरएनए युकेका उपाध्यक्ष सुनिलबाबु खड्का ४० हजार पाउण्ड घोटालामा मुछिए

    हिमालीसंचार संवाददाता
    ३८० पटक

    लण्डन। बेलायतको च्यारिटीमा दर्ता भएको एनआरएनए युकेको झण्डै ४० हजार पाउण्ड घोटालामा संघका उपाध्यक्ष सुनिलबाबु खड्काको पनि प्रत्यक्ष संलग्नता रहेको आरोप लागेको छ।

    उपाध्यक्ष खड्का र कोषाध्यक्ष विष्णु खरेलको सल्लाहमा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदका लागि च्यारिटीको पैसा ३९ हजार २ सय ८५ पाउण्ड ७३ पेन्स गैरकानूनी रुपमा झिकेर नेपाल पठाइएको थियो। यो कारोबार गर्न अध्यक्ष प्रेम गाहामगरसहित बहुमत सदस्यको सहमति थिएन।

    एचएसबीसी बैंक खातामा ठेगाना संघको सट्टा खड्काको आफ्नै घरको छ। बैंकले २८ जुलाईमा ३९ हजार २ सय ८५ पाउण्ड ७३ पेन्स झिकेको सूचित गर्न खड्कालाई सम्बोधन गर्दै घरको ठेगानामा पत्र लेखेपछि उनीमाथि थप शंका उब्जिएको हो।

    त्यसैगरी उपाध्यक्ष खड्काले अध्यक्ष प्रेम गाहामगरलाई थाहै नदिई संस्थाको बिजनेश इन्टरनेट बैंकिङका लागि सुटुक्क बैंकमा आवेदन दिएको पाइएको छ। तर बैंकले अध्यक्ष वा सचिवको सिग्नेचरी बिना त्यो गर्न नसकिने भन्दै ४ अगष्टमा खड्काको आवेदन अस्वीकृत गरिदिएको थियो।

    सामान्यतया उपाध्यक्षका निम्ति संघको आर्थिक लेखाजोखा कुनै सरोकारको विषय होइन। तर खड्काले छिमेकी र दारु दोस्त कोषाध्यक्ष विष्णु खरेलसंगको मिलेमतोमा च्यारिटी संस्थाको पैसामा रजाइ गरेको गुनासो छ।

    आफ्नो रेष्टुरेन्टका कामदारलाई न्यूनतम ज्यालासमेत नदिएर शोषक व्यवसायीको ट्याग लागेका खड्काले शुरुदेखि नै नेपाल पैसा पठाइन्छ भन्दै विभिन्न मिडियामा विवादास्पद अभिव्यक्ति दिएका थिए।

    एनआरएनए केन्द्रमा ५३ को पद भागबण्डा गरेर २२३ पुर्याइएको र तीमध्ये दुई तिहाई भन्दा बढीले ६ महिनाअघि भएको निर्वाचनपश्चात पद लिएबापत तिर्नुपर्ने झण्डै दुई करोड २८ लाख रुपैयाँ संस्थालाई नतिरेर आधा भन्दा बढी पदाधिकारी अवैधानिक भएपछि अध्यक्ष प्रेम गाहामगरले केन्द्रमा पैसा पठाउन रोकेका थिए।

    गाहामगरले बरु त्यो पैसा बेलायतमा नेपाल हाउस बनाऊँ भन्दा उनलाई एक्ल्याएर पैसा पठाइएको थियो। यही कारण संघका धेरै पदाधिकारी अदालती केसमा जेल जाने बाटोमा रहेको बताइन्छ।

    खड्कामाथि एनआरएनए युके च्यारिटी कमिशनलाई व्यक्तिगत रुपमा कब्जा गर्न खोज्दै १५ मार्चमा कार्यसमितिको म्यान्डेटबमोजिम सिक्नेचरीबाट नाम नहटाएको, संस्थाको सम्पूर्ण कागजातहरु कब्जामा लिएको र संस्थाविरुध्द विभिन्न गतिविधि गरिरहेको आरोप लाग्दै आएको छ।

    यसैबीच, च्यारिटी पैसा घोटालामा मुछिएका खड्कालाई वार्षिक साधारणसभाद्वारा गठित छानवीन समितिले संस्थाको रकम गैर‐कानूनी रुपमा झिकेको आरोपमा उजुरी परेपछि छलफलका लागि बोलाएको छ।

    छानवीन समितिले आज २९ सेप्टेम्बर बिहान खड्कालाई एनआरएनए युके कार्यालयमा उनीमाथि लागेको आरोपमाथि छलफल गर्न बोलाएको हो।

    खड्कामाथि संस्थाको रकम गैर‐कानूनी रुपमा कोषाध्यक्ष विष्णु खरेलसंगको मिलेमतोमा झिकेको, संस्थाकै सम्पूर्ण कागजातहरु बुझाउन ताकेता गर्दा पनि कब्जा गरेको र संस्था हितविपरित क्रियाकलाप गरेको आरोप छ।

    मुख्य रुपमा ३ वटा विषयमा उजुरी परेपछि खड्कालाई बोलाइएको छानवीन समितिका संयोजक डा.भीम पुनले बताए। आर्थिकजस्तो गम्भीर विषयमा उजुरी परेकाले त्यस विषयमाथि प्रष्ट पार्न र जवाफका लागि मौका दिने उद्देश्यसहित खड्कालाई बोलाइएको पनि डा.पुनले बताए।

    खड्काले हालै स्वीडेनमा सम्पन्न १४ औं युरोप सम्मेलनमा सहभागी हुँदा म कार्यवाहक अध्यक्ष भन्दै हिंडेको बताइन्छ। रामशरण सिम्खडाले कार्यवाहक अध्यक्ष भन्दै बोलाएपछि खड्का मञ्चमा पुगेका थिए। – जनाआस्थाबाट।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २२ गतेको राशिफल

    आज भदौ २२, २०८२ (सेप्टेम्बर ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल भदौ २१ गतेको राशिफल

    आज भदौ २०, २०८२ (सेप्टेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    रास्वपाको पत्राचार : मेटा र युट्युबसँग दर्ता प्रक्रियाबारे जिज्ञासा

    काठमाडौं, भदौ २० – सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेलगत्तै राष्ट्रिय स्वतन्त्र...

    फेसबुकपछि ट्विटर (एक्स) पनि नेपाल सरकारसँग सूचीकरणका लागि सम्पर्कमा

    काठमाडौं, भदौ  २० – फेसबुकको सूचीकरण पछि ट्विटर (एक्स) पनि नेपाल सरकारसँग आफ्नो प्लेटफर्म सूचीमा...

    ओलीको राजनीतिक प्रतिवेदन : अन्य दलहरूलाई कसरी हेर्छन् एमाले अध्यक्ष

    काठमाडौँ, भदौ २० – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दोस्रो विधान महाधिवेशनमा पेश...