News Portal

एनआरएनए युकेका उपाध्यक्ष सुनिलबाबु खड्का ४० हजार पाउण्ड घोटालामा मुछिए

हिमालीसंचार संवाददाता
४७४ पटक

लण्डन। बेलायतको च्यारिटीमा दर्ता भएको एनआरएनए युकेको झण्डै ४० हजार पाउण्ड घोटालामा संघका उपाध्यक्ष सुनिलबाबु खड्काको पनि प्रत्यक्ष संलग्नता रहेको आरोप लागेको छ।

उपाध्यक्ष खड्का र कोषाध्यक्ष विष्णु खरेलको सल्लाहमा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदका लागि च्यारिटीको पैसा ३९ हजार २ सय ८५ पाउण्ड ७३ पेन्स गैरकानूनी रुपमा झिकेर नेपाल पठाइएको थियो। यो कारोबार गर्न अध्यक्ष प्रेम गाहामगरसहित बहुमत सदस्यको सहमति थिएन।

एचएसबीसी बैंक खातामा ठेगाना संघको सट्टा खड्काको आफ्नै घरको छ। बैंकले २८ जुलाईमा ३९ हजार २ सय ८५ पाउण्ड ७३ पेन्स झिकेको सूचित गर्न खड्कालाई सम्बोधन गर्दै घरको ठेगानामा पत्र लेखेपछि उनीमाथि थप शंका उब्जिएको हो।

त्यसैगरी उपाध्यक्ष खड्काले अध्यक्ष प्रेम गाहामगरलाई थाहै नदिई संस्थाको बिजनेश इन्टरनेट बैंकिङका लागि सुटुक्क बैंकमा आवेदन दिएको पाइएको छ। तर बैंकले अध्यक्ष वा सचिवको सिग्नेचरी बिना त्यो गर्न नसकिने भन्दै ४ अगष्टमा खड्काको आवेदन अस्वीकृत गरिदिएको थियो।

सामान्यतया उपाध्यक्षका निम्ति संघको आर्थिक लेखाजोखा कुनै सरोकारको विषय होइन। तर खड्काले छिमेकी र दारु दोस्त कोषाध्यक्ष विष्णु खरेलसंगको मिलेमतोमा च्यारिटी संस्थाको पैसामा रजाइ गरेको गुनासो छ।

आफ्नो रेष्टुरेन्टका कामदारलाई न्यूनतम ज्यालासमेत नदिएर शोषक व्यवसायीको ट्याग लागेका खड्काले शुरुदेखि नै नेपाल पैसा पठाइन्छ भन्दै विभिन्न मिडियामा विवादास्पद अभिव्यक्ति दिएका थिए।

एनआरएनए केन्द्रमा ५३ को पद भागबण्डा गरेर २२३ पुर्याइएको र तीमध्ये दुई तिहाई भन्दा बढीले ६ महिनाअघि भएको निर्वाचनपश्चात पद लिएबापत तिर्नुपर्ने झण्डै दुई करोड २८ लाख रुपैयाँ संस्थालाई नतिरेर आधा भन्दा बढी पदाधिकारी अवैधानिक भएपछि अध्यक्ष प्रेम गाहामगरले केन्द्रमा पैसा पठाउन रोकेका थिए।

गाहामगरले बरु त्यो पैसा बेलायतमा नेपाल हाउस बनाऊँ भन्दा उनलाई एक्ल्याएर पैसा पठाइएको थियो। यही कारण संघका धेरै पदाधिकारी अदालती केसमा जेल जाने बाटोमा रहेको बताइन्छ।

खड्कामाथि एनआरएनए युके च्यारिटी कमिशनलाई व्यक्तिगत रुपमा कब्जा गर्न खोज्दै १५ मार्चमा कार्यसमितिको म्यान्डेटबमोजिम सिक्नेचरीबाट नाम नहटाएको, संस्थाको सम्पूर्ण कागजातहरु कब्जामा लिएको र संस्थाविरुध्द विभिन्न गतिविधि गरिरहेको आरोप लाग्दै आएको छ।

यसैबीच, च्यारिटी पैसा घोटालामा मुछिएका खड्कालाई वार्षिक साधारणसभाद्वारा गठित छानवीन समितिले संस्थाको रकम गैर‐कानूनी रुपमा झिकेको आरोपमा उजुरी परेपछि छलफलका लागि बोलाएको छ।

छानवीन समितिले आज २९ सेप्टेम्बर बिहान खड्कालाई एनआरएनए युके कार्यालयमा उनीमाथि लागेको आरोपमाथि छलफल गर्न बोलाएको हो।

खड्कामाथि संस्थाको रकम गैर‐कानूनी रुपमा कोषाध्यक्ष विष्णु खरेलसंगको मिलेमतोमा झिकेको, संस्थाकै सम्पूर्ण कागजातहरु बुझाउन ताकेता गर्दा पनि कब्जा गरेको र संस्था हितविपरित क्रियाकलाप गरेको आरोप छ।

मुख्य रुपमा ३ वटा विषयमा उजुरी परेपछि खड्कालाई बोलाइएको छानवीन समितिका संयोजक डा.भीम पुनले बताए। आर्थिकजस्तो गम्भीर विषयमा उजुरी परेकाले त्यस विषयमाथि प्रष्ट पार्न र जवाफका लागि मौका दिने उद्देश्यसहित खड्कालाई बोलाइएको पनि डा.पुनले बताए।

खड्काले हालै स्वीडेनमा सम्पन्न १४ औं युरोप सम्मेलनमा सहभागी हुँदा म कार्यवाहक अध्यक्ष भन्दै हिंडेको बताइन्छ। रामशरण सिम्खडाले कार्यवाहक अध्यक्ष भन्दै बोलाएपछि खड्का मञ्चमा पुगेका थिए। – जनाआस्थाबाट।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...