News Portal

नागरिकता विधेयकमा राष्ट्रपतिको कदमप्रति जनमोर्चाको दोहोरो चरित्र

हिमालीसंचार संवाददाता
३२७ पटक

काठमाडौँ। सत्ता गठबन्धनमा आवद्ध राष्ट्रिय जनमोर्चाले राष्ट्रपति विद्यादेवी भण्डारीले राम्रो नियतले नागरिकता विधेयक प्रमाणीकरण नगरेको निष्कर्ष निकालेको छ।

विदेशी महिलालाई सहजै नेपाली नागरिकता दिन खोजिएकोप्रति जनमोर्चाको असहमति रहेको तर राष्ट्रपतिले गलत नियतले उक्त विधेयक प्रमाणीकरण नगरेको जनमोर्चाले जनाएको हाे।

जनमोर्चाका सचिव हिमलाल पुरीले देश सञ्चारसँग भने, ‘राष्ट्रपतिले संविधान र कानुनको उल्लंघन गर्नुभएको हो। राष्ट्रपतिको नियत सही देखिएन।’ सत्ता गठबन्धनको बुधबार बसेको बैठकले निकालेको निष्कर्षमा जनमोर्चाले भने हस्ताक्षर गरेको छैन।

सत्तारूढ गठबन्धनले राष्ट्रपतिको कदमबाट जनताले निर्वाचित गरेको संघीय संसदको घोर अपमान र अवमूल्यन भएको निष्कर्ष निकाल्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टाले मात्रै हस्ताक्षर गरेकाे छ।

जनमोर्चा भने उक्त विधेयक प्रमाणीकरण गर्न नहुने पक्षमा थियो। विधेयक स्वीकार पनि नगर्ने र राष्ट्रपतिको भूमिकाको पनि विरोध गरेर दोहोरो चरित्र देखाएको हाे।

सत्ता गठबन्धनका चार दलले हस्ताक्षर गरेको विज्ञप्तिमा ‘राष्ट्रपतिको यो गैरसंवैधानिक कदमबाट जनताले निर्वाचित गरेको संघीय संसदको घोर अपमान र अवमूल्यन भएको छ। राष्ट्रपतिको यो कदमविरुद्ध सचेत रहन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संवैधानिक व्यवस्थाका पक्षधर, सबै राजनीतिक दल, नागरिक समाज, बौद्धिक समुदाय, सञ्चारजगतलगायत सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा यो बैठक आह्वान गर्दछ’, भनिएको छ।

प्रतिकृया दिनुहोस्

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...