News Portal

  • नागरिकता विधेयकमा राष्ट्रपतिको कदमप्रति जनमोर्चाको दोहोरो चरित्र

    हिमालीसंचार संवाददाता
    २६१ पटक

    काठमाडौँ। सत्ता गठबन्धनमा आवद्ध राष्ट्रिय जनमोर्चाले राष्ट्रपति विद्यादेवी भण्डारीले राम्रो नियतले नागरिकता विधेयक प्रमाणीकरण नगरेको निष्कर्ष निकालेको छ।

    विदेशी महिलालाई सहजै नेपाली नागरिकता दिन खोजिएकोप्रति जनमोर्चाको असहमति रहेको तर राष्ट्रपतिले गलत नियतले उक्त विधेयक प्रमाणीकरण नगरेको जनमोर्चाले जनाएको हाे।

    जनमोर्चाका सचिव हिमलाल पुरीले देश सञ्चारसँग भने, ‘राष्ट्रपतिले संविधान र कानुनको उल्लंघन गर्नुभएको हो। राष्ट्रपतिको नियत सही देखिएन।’ सत्ता गठबन्धनको बुधबार बसेको बैठकले निकालेको निष्कर्षमा जनमोर्चाले भने हस्ताक्षर गरेको छैन।

    सत्तारूढ गठबन्धनले राष्ट्रपतिको कदमबाट जनताले निर्वाचित गरेको संघीय संसदको घोर अपमान र अवमूल्यन भएको निष्कर्ष निकाल्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टाले मात्रै हस्ताक्षर गरेकाे छ।

    जनमोर्चा भने उक्त विधेयक प्रमाणीकरण गर्न नहुने पक्षमा थियो। विधेयक स्वीकार पनि नगर्ने र राष्ट्रपतिको भूमिकाको पनि विरोध गरेर दोहोरो चरित्र देखाएको हाे।

    सत्ता गठबन्धनका चार दलले हस्ताक्षर गरेको विज्ञप्तिमा ‘राष्ट्रपतिको यो गैरसंवैधानिक कदमबाट जनताले निर्वाचित गरेको संघीय संसदको घोर अपमान र अवमूल्यन भएको छ। राष्ट्रपतिको यो कदमविरुद्ध सचेत रहन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संवैधानिक व्यवस्थाका पक्षधर, सबै राजनीतिक दल, नागरिक समाज, बौद्धिक समुदाय, सञ्चारजगतलगायत सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा यो बैठक आह्वान गर्दछ’, भनिएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कुवेतमा विषाक्त मदिरा प्रकरण : १३ नेपालीसहित २३ जनाको मृत्यु

    काठमाडौं, भदौ ९ – कुवेतमा विषाक्त मदिरा सेवन गर्दा १३ जना नेपालीसहित २३ आप्रवासी श्रमिकको...

    लोकन्थलीमा सडक कुकुरको बहादुरी, चोरी रोक्दै ज्यान जोखिममा

    भक्तपुर, भदौ ९ – भक्तपुरको लोकन्थलीमा एक सडक कुकुरले चोरीको प्रयास रोक्दा आफ्नो ज्यान जोखिममा...

    विद्यालय शिक्षा विधेयकमा विरोध, शिक्षक महासङ्घको आन्दोलन सुरु

    काठमाडौं, भदौ ९ – नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा विधेयक २०८० का सम्बन्धमा आफ्ना माग...

    रुबी हत्या प्रकरण : सुटकेसबाट फेला पर्‍यो महत्त्वपूर्ण प्रमाण, प्रहरी अनुसन्धान तीव्र

    रौतहट, भदौ ९ – रौतहटमा हत्या गरेर सुटकेसभित्र फ्यालिएकी २६ वर्षीया रुबीकुमारी साह सुडीको प्रकरणमा...

    भारत–चीन सम्झौताले सार्वभौमिकतामाथि आघात, सरकारलाई तत्काल पहल गर्न एमालेको माग

    दार्चुला, भदौ ९ – लिपुलेक–कालापानी हुँदै भारत र चीनबीच भएको भनिएको व्यापारिक सहमतिप्रति नेकपा (एमाले)...