News Portal

बलात्कारका घटना झनझन् बढ्दै, देउडा हेर्न गएकी बालिकालाई बियर खुवाएर सामुहिक बलात्कार

हिमालीसंचार संवाददाता
३२० पटक

धनगढी। कैलालीमा देउडा हेर्न गएकी बालिकालाई बियर खुवाएर सामूहिक बलात्कार भएको पाइएको छ। घोडाघोडी नगरपालिकाको सुखडमा गत भदौ २१ गते देउडा हेर्न गएकी १५ वर्षीया बालिकामाथि बलात्कार भएको थियो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीका अनुसार देउडा हेर्न गएका बेला खाजा खाने भनेर उनलाई आरोपीहरुले होटलमा लगेर बियर खुवाएको पाइएको छ

होटलमा खानपिन गरेर पीडित बालिका साथीसँगै होटलबाट छुटिएर घर हिंडेकी थिइन्। प्रहरीका अनुसार घर नजिकै छोडेर उनकी साथी आफ्नो बाटो लागेपछि पिछा गर्दै पुगेका एक जनाले ती बालिकालाई आफ्नो घरमा जान आग्रह गरेका थिए।

बियरको नसामा रहेकी उनी ती युवकको घर गएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। ती युवकको घर पुगेपछि बालिकालाई बाहिरबाट ढोका थुनेर अरु तीन जना साथीहरु बोलाएर पालैपालो बलात्कार गरेको पीडितले जाहेरीमा उल्लेख छ।

डीएसपी जोशीकाअनुसार बालिकाले भोलिपल्ट साथीलाई घटनाबारे बताएकी थिइन्। उनकी साथीले प्रहरीमा उजुरी गर्न आग्रह गरे पनि बदनाम हुने भन्दै त्यसलाई बालिकाले अस्वीकार गरेकी थिइन्।

प्रहरीका अनुसार त्यसपछि उनले आत्महत्या गर्न स्यानिटाइजर पिएको पाइएको छ। स्यानिटाइजर पिएर बाटोमा असामान्य अवस्थामा फेला परेकी उनलाई २२ भदौमा प्रहरीले नै उपचारका लागि घोडाघोडी अस्पतालमा लगेको थियो।

अस्पतालमा उपचारका क्रममा उनीमाथि बलात्कार भएको खुलेको थियो। त्यसपछि बालिकाका अभिभावकले प्रहरीकोमा उजुरी दिएका थिए। देउडा हेर्ने ठाउँमा भेटिएका मध्ये दुई जना पीडित बालिकासँग पूर्व चिनजानका भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्रहरी नायब उपरीक्षक जोशीका अनुसार सामूहिक बलात्कार गरेको आरोपमा घोडाघोडी नगरपालिका–१ का १८ वर्षीय हिमाल सापकोटा, २० वर्षीय एसु सापकोटा र घोडाघोडी नगरपालिका–२ बस्ने १८ वर्षीय बसन्त बिष्टलाई पक्राउ गरिएको छ। एक जना अर्का आरोप फरार छन्।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...