News Portal

  • बलात्कारका घटना झनझन् बढ्दै, देउडा हेर्न गएकी बालिकालाई बियर खुवाएर सामुहिक बलात्कार

    हिमालीसंचार संवाददाता
    २६१ पटक

    धनगढी। कैलालीमा देउडा हेर्न गएकी बालिकालाई बियर खुवाएर सामूहिक बलात्कार भएको पाइएको छ। घोडाघोडी नगरपालिकाको सुखडमा गत भदौ २१ गते देउडा हेर्न गएकी १५ वर्षीया बालिकामाथि बलात्कार भएको थियो।

    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीका अनुसार देउडा हेर्न गएका बेला खाजा खाने भनेर उनलाई आरोपीहरुले होटलमा लगेर बियर खुवाएको पाइएको छ

    होटलमा खानपिन गरेर पीडित बालिका साथीसँगै होटलबाट छुटिएर घर हिंडेकी थिइन्। प्रहरीका अनुसार घर नजिकै छोडेर उनकी साथी आफ्नो बाटो लागेपछि पिछा गर्दै पुगेका एक जनाले ती बालिकालाई आफ्नो घरमा जान आग्रह गरेका थिए।

    बियरको नसामा रहेकी उनी ती युवकको घर गएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। ती युवकको घर पुगेपछि बालिकालाई बाहिरबाट ढोका थुनेर अरु तीन जना साथीहरु बोलाएर पालैपालो बलात्कार गरेको पीडितले जाहेरीमा उल्लेख छ।

    डीएसपी जोशीकाअनुसार बालिकाले भोलिपल्ट साथीलाई घटनाबारे बताएकी थिइन्। उनकी साथीले प्रहरीमा उजुरी गर्न आग्रह गरे पनि बदनाम हुने भन्दै त्यसलाई बालिकाले अस्वीकार गरेकी थिइन्।

    प्रहरीका अनुसार त्यसपछि उनले आत्महत्या गर्न स्यानिटाइजर पिएको पाइएको छ। स्यानिटाइजर पिएर बाटोमा असामान्य अवस्थामा फेला परेकी उनलाई २२ भदौमा प्रहरीले नै उपचारका लागि घोडाघोडी अस्पतालमा लगेको थियो।

    अस्पतालमा उपचारका क्रममा उनीमाथि बलात्कार भएको खुलेको थियो। त्यसपछि बालिकाका अभिभावकले प्रहरीकोमा उजुरी दिएका थिए। देउडा हेर्ने ठाउँमा भेटिएका मध्ये दुई जना पीडित बालिकासँग पूर्व चिनजानका भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

    प्रहरी नायब उपरीक्षक जोशीका अनुसार सामूहिक बलात्कार गरेको आरोपमा घोडाघोडी नगरपालिका–१ का १८ वर्षीय हिमाल सापकोटा, २० वर्षीय एसु सापकोटा र घोडाघोडी नगरपालिका–२ बस्ने १८ वर्षीय बसन्त बिष्टलाई पक्राउ गरिएको छ। एक जना अर्का आरोप फरार छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक ४ गतेको राशिफल

    आज कार्तिक ४, २०८२ (अक्टोबर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    सुम्निमा हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, माछापुच्छ्रे क्यापिटल बिक्री प्रबन्धक नियुक्त

    काठमाडौं, कार्तिक ३ – सुम्निमा हाइड्रोपावर कम्पनीले आफ्नो प्रारम्भिक शेयर (IPO) सर्वसाधारणमा जारी गर्न माछापुच्छ्रे...

    कुवेतमा हृदयघातबाट सिटी बस चालक नेपालीको मृत्यु

    (प्रतीकात्मक फाईल तस्बिर।) कुवेत सिटी, कुवेत। कुवेतको सिटी ग्रुप कम्पनीमा ड्राइभरका रूपमा कार्यरत होम बहादुर...

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइपुग्यो

    काठमाडौं, कात्तिक ३ – अध्ययनका लागि इजरायल गएका कञ्चनपुरका विपिन जोशीको शव सोमबार काठमाडौं आइपुगेको...

    कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने

    कुवेत सिटी, कुवेत। “सके राम्रो गरौँ, नसके नराम्रो पनि नगरौं” भन्ने नाराको साथ गठन भएको...