News Portal

गुरुङ ‘तमु’ समाज मकाउले क्यानसर पिडीत सिक्लेसका गुरुङलाई गरे आर्थिक सहयोग (भिडियो सहित)

क्यानसर पिडीत गुरुङलाई समाजले नगद १ लाख १८ हजार २ सय सहयोग गरेका हुन्

हिमालीसंचार संवाददाता
७३२ पटक

काठमाडौं – मकाउमा गठीत गुरुङ ‘तमु’ समाज मकाउ सार चीनद्वारा मादि गाउँपालिका वडा नं १ सिक्लेस निवासी टंकप्रसाद गुरुङ ‘साजन’ विगत एक वर्षदेखि क्यान्सर पिडित उपचारत गुरुङलाई मकाउमा संगठीत समाजद्वारा आर्थिक सहयोग गरिएको छ। 

क्यासर पिडीत गुरुङको आर्थिक अबस्था कमजोर भएको कारण गुरुङ ‘तमु’ समाज मकाउ सार चीनको अध्यक्ष लिलबहादुर गुरुङ “गोरा” र समाजका सक्रिय सदस्य नरेश गुरुङको सक्रियतामा आर्थिक संकलन गरी मकाउमा संकलित रकम गुरुङ ‘तमु’ समाज मकाउ सार चीनको पुर्व अध्यक्ष राजेश गुरुङ लगायद समाजका सदस्यहरु मार्फत क्यानसर पिडीत गुरुङलाई नगद १ लाख १८ हजार २ सय हस्तान्त्रण गरिएको अध्यक्ष गुरुङ “गोरा” ले हिमालीसंचारडटकमसंग बताए। 

गुरुङ ‘तमु’ समाज मकाउ सार चीनको सक्रियतामा सन्तोष गुरुङ, नरेश गुरुङ, गिरी गुरुङ, लिलबहादुर गुरुङ (गोरा), भिम गुरुङ, अमृत गुरुङ, याम गुरुङ, पूर्णबहादुर गुरुङ, मणी गुरुङ, सन्तोष गुरुङ, धन गुरुङ, सूर्य गुरुङ, शंकर गुरुङ, दिपक गुरुङ, भिस्म गुरुङ, जोक गुरुङ, मनकुमारी गुरुङ, धनबहादुर गुरुङ, विरबल गुरुङ, रोसन गुरुङ, धनबहादुर गुरुङ, चित्र लोक गुरुङ, अशोक गुरुङ, धनबहादुर गुरुङ, राज गुरुङ, फौद गुरुङ, प्रसान्त कुवर, धन कुमार, छविन्द्र थापा, मकाउका युवा व्यावसायी सागर अधिकारी र शेर्पा समाज मकाउका अध्यक्ष ङवाङ ग्याल्जे शेर्पा लगायदका सहयोगी महानुभावहरुले आर्थिक सहयोग गरेका थिए। 

क्यानसर पिडीत टंकप्रसाद गुरुङ “साजन” घाँटी र मुखमा गम्भीर समस्य रहेका कारण नेपाल क्यानसर अस्पताल हरिशिद्धि ललितपुरमा उपचारत छन् । गुरुङ ‘तमु’ समाज मकाउ सार चीनको आह्वानमा आर्थिक सहयोग गर्नु हुने तमाम् मकाउमा रहनु हुने दाजुभाई तथा दिदिबहिनी, मनकारी सहयोगी महानुभावहरुमा अध्यक्ष गुरुङ “गोरा”ले हार्दिक आभार सहित धन्याबाद दिए भने क्यान्सर पिडीत गुरुङको स्वास्थ्यालाभको कामना समेत गरे। 

भिडियो यहा हेर्नुस्

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...