News Portal

जबरजस्ती करणी आरोपित रामेछाप उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष जेल चलाउन

हिमालीसंचार संवाददाता
३४६ पटक

पुष्कर खड्का, रामेछाप – रामेछापमा आफ्नै भतिजी बुहारीलाई जबरजस्ती करणीको आरोपमा पक्राउ परेका रामेछाप उद्योग बाणिज्य महासंघका कोषाध्यक्ष पवन कठायत जेल चलान भएका छन्।

रामेछाप नगरपालिका–१ गोठगाउँ घर भई सदरमुकाम मन्थलीमा ब्यावसाय संचालन गर्दै आएका पवन कठायतले आफ्नै भतिजी बुहारी बिनुलाई मन्थली नगरपालिका– १ मच्छेडाँडी नजिकैको आफ्नै घरमा जबर्जस्ती करणी गर्न खोजेको भन्दै कठायतविरुद्ध बिनुले गत साउन १५ गते रामेछाप प्रहरीमा किटानी जाहेरी दिएकी थिइन्।

कठायत विरुद्ध बुहारीले प्रहरीमा जबरजस्ती करणीमा जाहेरी दर्ता गराएको सुनेपछि पवन फरार भएका थिए। फरार भएको कठेतलाई सुराकीको आधारमा गत भदौ २ गते सदरमुकाम मन्थलीबाट पक्राउ गरेको थियो।

पक्राउ परेका कठेतलाई १९ दिन सम्मकाे अनुसन्धान तथा साेध्पुच्छपछि आज मंगलबार जिल्ला अदालत रामेछापकाे न्यायाधीश ईन्दिरा शर्माको इजलासले आरोपित कठायतलाई पुर्पक्षको लागी जेल चलान गरेको जिल्ला अदालत रामेछापका श्रेस्तेदार रामप्रसाद पौडेलले जानकारी दिनुभयो।

उहाँको जानकारी अनुसार पिडित बिनु यादवको तर्फबाट सरकारी वकिल बिना खड्का र योगेन्द्र प्रसाद ढुङगेलले बहस गरेका थिए भने कठायतका तर्फबाट अधिवक्ता झंक कडेल, सौजन्य सत्याल र यादव दाहालले बहस गरेका थिए।

प्रतिकृया दिनुहोस्

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...