News Portal

  • युएईमा झापाका रुद्रप्रसाद गरे आत्महत्या

    हिमाली संचार संवाददाता
    ६९१ पटक

    युएई – युएईमा एक नेपालीले आत्महत्या गरेका छन् । दुवईको बर्केली कम्पनीमा क्लीनर काममा कार्यरत झापा खुदुनावारीका ३२ वर्षीय रुद्र प्रसाद ढकालले आत्महत्या गरेको सोही कम्पनीमा कार्यरत खुदुनावारीका धर्मलाल नायकले जनाकारी दिए ।

    नायकले जनाएअनुसार रुद्र र उनी आइतबार राती १२ बजेसम्म सँगै थिए। त्यहाँबाट छुटेको दुईघण्टापछि रुद्रले आत्महत्या गरेको खबर धर्मलाल समक्ष आयो । उनका अनुसार राति २ बजेतिर रुद्रले आत्महत्या गरेका हुन् ।

    ढकाल पछिल्लो पटक छुट्टीमा नेपाल गएर युएई आएको १५ महिना भएको थियो ।उनले जागिरप्रति असन्तुष्ट रहेको बताउने गरेको नाताले भिनाजु पर्ने शान्तिराम भट्टराईले बताए।

    उनले भने, ‘१५ घण्टा काम गर्नुपर्ने र तलव सुविधा थोरै भएको कुरा सुनाउँथे। पारिवारिक समस्या त केही थिएन। तर केहीँ दिनदेखि साथीहरुसँग ‘अब केही दिन हो तिमीहरुसँग मेरो कुरा हुने’  जस्ता कुरा गर्थे ।’

    ढकालका एक छोरा, एक छोरी र श्रीमती छिन् । उनको शव पोष्टमाटमका लागि प्रहरीले लगेको छ। शव नेपाल फर्काउन नेपाली दूतावाससँग समन्वय भइरहेको मृतकका छिमेकी निश्चल भट्टराईले जानकारी दिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २८ गतेको राशिफल

    आज कार्तिक २८, २०८२ (नोभेम्बर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गगन थापाको आत्मालोचना : “देउवालाई सभापति बन्न दिनु मेरो राजनीतिक भूल थियो”

    काठमाडौं, कार्तिक २७ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति...

    रंगेलीमा दुई युवक लागूऔषधसहित पक्राउ

    मोरङ, कार्तिक २७ – रंगेली नगरपालिका–४ मा सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट (बीओपी) ले लागूऔषधसहित...

    रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु

    बुटवल, कार्तिक २७ — सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

    सुधन गुरुङको चेतावनी: ‘माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं

    काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने...