News Portal

युएईमा झापाका रुद्रप्रसाद गरे आत्महत्या

हिमाली संचार संवाददाता
७६८ पटक

युएई – युएईमा एक नेपालीले आत्महत्या गरेका छन् । दुवईको बर्केली कम्पनीमा क्लीनर काममा कार्यरत झापा खुदुनावारीका ३२ वर्षीय रुद्र प्रसाद ढकालले आत्महत्या गरेको सोही कम्पनीमा कार्यरत खुदुनावारीका धर्मलाल नायकले जनाकारी दिए ।

नायकले जनाएअनुसार रुद्र र उनी आइतबार राती १२ बजेसम्म सँगै थिए। त्यहाँबाट छुटेको दुईघण्टापछि रुद्रले आत्महत्या गरेको खबर धर्मलाल समक्ष आयो । उनका अनुसार राति २ बजेतिर रुद्रले आत्महत्या गरेका हुन् ।

ढकाल पछिल्लो पटक छुट्टीमा नेपाल गएर युएई आएको १५ महिना भएको थियो ।उनले जागिरप्रति असन्तुष्ट रहेको बताउने गरेको नाताले भिनाजु पर्ने शान्तिराम भट्टराईले बताए।

उनले भने, ‘१५ घण्टा काम गर्नुपर्ने र तलव सुविधा थोरै भएको कुरा सुनाउँथे। पारिवारिक समस्या त केही थिएन। तर केहीँ दिनदेखि साथीहरुसँग ‘अब केही दिन हो तिमीहरुसँग मेरो कुरा हुने’  जस्ता कुरा गर्थे ।’

ढकालका एक छोरा, एक छोरी र श्रीमती छिन् । उनको शव पोष्टमाटमका लागि प्रहरीले लगेको छ। शव नेपाल फर्काउन नेपाली दूतावाससँग समन्वय भइरहेको मृतकका छिमेकी निश्चल भट्टराईले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...