News Portal

सिमाक्षेत्रमा स्थानीय स्तरकाे सुरक्षा समिति

हिमालीसंचार संवाददाता
३५८ पटक

भदौ १९ आईतबार

रबिन्द्र बराल, मोरङ्ग। रंगेली नगरपालिका-४ मा रहेको ससस्त्र प्रहरी बिओपी रंगेलीले सीमा निगरानी गर्ने उद्श्यले समिती गठन गरेको छ। पछिल्लो समयमा सिमा क्षेत्रमा लागुओैषध, हातहतियार ओसारपसार, सिमा स्तम्भ अतिक्रमण, अबैध चाेरी पैठारी, मानव तथा चेलिबेटी बेचविखन, विभिन्न अपराधिक गतिबिधीको निगरानीका लागि समिति गठन गरेको छ।

सिमा स्तम्भ समितिमा वडा अध्यक्ष अवधेश कुमार मण्डल, ससस्त्र प्रहरी बिओपी रंगेलीका प्रहरी निरिक्षक निगम राई सदस्य, धर्मेन्द्र कुमार मण्डल, सुन मण्डल, दिलिप कुमार साहलाई निगरानी सदस्य समिति गठन गरेको छ।

समितिले विओ.पि. रंगेलीले नियमित गस्ती गर्ने, दशगजा इलाकामा कुनै पनि प्रकारका भौतिक संरचना चौपायहरुबाट हुन सक्ने क्षेती नियमित निगरानी गर्ने, सीमा स्तम्भ सुरक्षित रहेको ३ वटा सहायक सीमा स्तम्भहरू वाढीले बगाएको र हाल सम्म सहायक सीमा स्तम्भ नं १६५/३ (४७) स्तम्भ नं. १६५/४(४८) र सीमा स्तम्भ नं. १६५/५ (४९) नम्बरको पिलर विभिन्न समयमा आएको बाढीले बगाएको सीमा स्तम्भलाई आवश्यक समन्वय गरी पुन: निर्माण प्रक्रिया सुरु गरिने समेत निर्णय गरेको छ।

त्यसैगरी अवैध चोरी, ‘पैठारी तथा हात हतियार ओसारपसार नियन्त्रणका लागि चेक प्वाईन्ट नियमित गर्ने र कानूनी कार्यमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिई सम्बन्धित निकायमा कानून बमोजिम कार्वाहीको लागी सिफारिस गर्ने कार्यलाई सदैब सिमामा २४ घन्टा सुरक्षालाई निरन्तरता दिने समितिले निर्णय समेत गरेको छ।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...