News Portal

सिमाक्षेत्रमा स्थानीय स्तरकाे सुरक्षा समिति

हिमालीसंचार संवाददाता
३०९ पटक

भदौ १९ आईतबार

रबिन्द्र बराल, मोरङ्ग। रंगेली नगरपालिका-४ मा रहेको ससस्त्र प्रहरी बिओपी रंगेलीले सीमा निगरानी गर्ने उद्श्यले समिती गठन गरेको छ। पछिल्लो समयमा सिमा क्षेत्रमा लागुओैषध, हातहतियार ओसारपसार, सिमा स्तम्भ अतिक्रमण, अबैध चाेरी पैठारी, मानव तथा चेलिबेटी बेचविखन, विभिन्न अपराधिक गतिबिधीको निगरानीका लागि समिति गठन गरेको छ।

सिमा स्तम्भ समितिमा वडा अध्यक्ष अवधेश कुमार मण्डल, ससस्त्र प्रहरी बिओपी रंगेलीका प्रहरी निरिक्षक निगम राई सदस्य, धर्मेन्द्र कुमार मण्डल, सुन मण्डल, दिलिप कुमार साहलाई निगरानी सदस्य समिति गठन गरेको छ।

समितिले विओ.पि. रंगेलीले नियमित गस्ती गर्ने, दशगजा इलाकामा कुनै पनि प्रकारका भौतिक संरचना चौपायहरुबाट हुन सक्ने क्षेती नियमित निगरानी गर्ने, सीमा स्तम्भ सुरक्षित रहेको ३ वटा सहायक सीमा स्तम्भहरू वाढीले बगाएको र हाल सम्म सहायक सीमा स्तम्भ नं १६५/३ (४७) स्तम्भ नं. १६५/४(४८) र सीमा स्तम्भ नं. १६५/५ (४९) नम्बरको पिलर विभिन्न समयमा आएको बाढीले बगाएको सीमा स्तम्भलाई आवश्यक समन्वय गरी पुन: निर्माण प्रक्रिया सुरु गरिने समेत निर्णय गरेको छ।

त्यसैगरी अवैध चोरी, ‘पैठारी तथा हात हतियार ओसारपसार नियन्त्रणका लागि चेक प्वाईन्ट नियमित गर्ने र कानूनी कार्यमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिई सम्बन्धित निकायमा कानून बमोजिम कार्वाहीको लागी सिफारिस गर्ने कार्यलाई सदैब सिमामा २४ घन्टा सुरक्षालाई निरन्तरता दिने समितिले निर्णय समेत गरेको छ।

प्रतिकृया दिनुहोस्

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...