News Portal

इराकमा १२ नेपालीको बिभत्स हत्या भएको १८ वर्ष पूरा

हिमालीसंचार संवाददाता
३५२ पटक

१७ भाद्र २०७९, शुक्रबार
काठमाडौं। वैदेशिक रोजगारीका लागि इराक पुगेका १२ जना नेपालीहरुको बिभत्स हत्या भएको १८ वर्ष पूरा भएको छ।

१८ वर्षअघि अर्थात् २०६१ भदौ १६ मा उग्रवादी संगठन इस्लाम अल सुन्ना समूहले १२ जना नेपालीहरुलाई बिभत्स रूपमा हत्या गरेको भिडियो सार्वजनिक भएपछि देशभर विरोध प्रदर्शन भएको थियो। काठमाडौं उपत्यकामा कफ्र्यु जारी गर्नुपरेको थियो।

रोजगारीको खोजीमा इराक पुगेका १२ जना नेपालीहरु सोही वर्षको भदौ ४ गते आतंककारीको अपहरणमा परेका थिए। बन्धक बनाएपछि १ जनाको घाँटी रेटेर र बाँकी ११ जनाको गोली प्रहार गरी हत्या गरेको थियो।

वैदेशिक रोजगारीका लागि पुगेका नेपाली कामदारले विदेशी भूमिका अकालमा ज्यान गुमाउनुपर्ने अवस्था अहिले पनि छ। केही वर्षअघि अफगानिस्तानको काबुलामा आतंकवादी समूहको आक्रमणमा परी १२ जना नेपालीहरुले ज्यान गुमाउनुको परेको थियो।

इराकमा भएको बिभत्स घटनाको भिडियो सार्वजनिक भएसँगै काठमाडौं उपत्यका बढेको हिंसात्मक घटनाले म्यानपावरका कार्यालय, मस्जिद, मुस्लिम समुदायका व्यापार व्यवसाय, सञ्चारगृह तोडफोड हुँदा करोडौं क्षति भएको थियो।

इराक घटना सार्वजनिक भएकै दिन २०६१ भदौ १६ मा करिब ३ सय म्यानपावर कार्यालयमा आगजनी हुँदा २ हजार ९ सयभन्दा बढी भिसा लागेका राहदानी र करिब ६ हजार भिसा नलागेका राहदानी जलेर नष्ट भएका थिए।

शुरूका वर्षमा जस्तो यस वर्ष घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली सभा कार्यक्रम राखेका छैनन्। जस कारण उक्त घटना नेपालीको स्मृतिबाट हराउँदै गएको हो कि भन्ने आभास दिलाउन थालेको छ। न यो घटनाबारे सरकारले चासो राखेको छ, न त निजी क्षेत्रले नै इराक घटना सम्झन चाहेका छन्। अहिले पनि अवैध ढंगले रोजगारीका लागि इराक जान नेपाली युवायुवतीले छाडेका छैनन्। -(नेस)

प्रतिकृया दिनुहोस्

सिताराम गोकुल मिल्क्सको दूध बिक्रीमा रोक, गुणस्तर कम भेटिएपछि कारबाही

काठमाडौं, ३ चैत – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कीर्तिपुरस्थित सीताराम गोकुल मिल्क्सले उत्पादन...

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु हुने, च्याम्पियनसिप आयोजना हुँदै

कास्की, चैत ३ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण रोकिएको प्याराग्लाइडिङ खेल अब फेरि सुरु हुँदैछ।...

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...