News Portal

  • इराकमा १२ नेपालीको बिभत्स हत्या भएको १८ वर्ष पूरा

    हिमालीसंचार संवाददाता
    २९८ पटक

    १७ भाद्र २०७९, शुक्रबार
    काठमाडौं। वैदेशिक रोजगारीका लागि इराक पुगेका १२ जना नेपालीहरुको बिभत्स हत्या भएको १८ वर्ष पूरा भएको छ।

    १८ वर्षअघि अर्थात् २०६१ भदौ १६ मा उग्रवादी संगठन इस्लाम अल सुन्ना समूहले १२ जना नेपालीहरुलाई बिभत्स रूपमा हत्या गरेको भिडियो सार्वजनिक भएपछि देशभर विरोध प्रदर्शन भएको थियो। काठमाडौं उपत्यकामा कफ्र्यु जारी गर्नुपरेको थियो।

    रोजगारीको खोजीमा इराक पुगेका १२ जना नेपालीहरु सोही वर्षको भदौ ४ गते आतंककारीको अपहरणमा परेका थिए। बन्धक बनाएपछि १ जनाको घाँटी रेटेर र बाँकी ११ जनाको गोली प्रहार गरी हत्या गरेको थियो।

    वैदेशिक रोजगारीका लागि पुगेका नेपाली कामदारले विदेशी भूमिका अकालमा ज्यान गुमाउनुपर्ने अवस्था अहिले पनि छ। केही वर्षअघि अफगानिस्तानको काबुलामा आतंकवादी समूहको आक्रमणमा परी १२ जना नेपालीहरुले ज्यान गुमाउनुको परेको थियो।

    इराकमा भएको बिभत्स घटनाको भिडियो सार्वजनिक भएसँगै काठमाडौं उपत्यका बढेको हिंसात्मक घटनाले म्यानपावरका कार्यालय, मस्जिद, मुस्लिम समुदायका व्यापार व्यवसाय, सञ्चारगृह तोडफोड हुँदा करोडौं क्षति भएको थियो।

    इराक घटना सार्वजनिक भएकै दिन २०६१ भदौ १६ मा करिब ३ सय म्यानपावर कार्यालयमा आगजनी हुँदा २ हजार ९ सयभन्दा बढी भिसा लागेका राहदानी र करिब ६ हजार भिसा नलागेका राहदानी जलेर नष्ट भएका थिए।

    शुरूका वर्षमा जस्तो यस वर्ष घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली सभा कार्यक्रम राखेका छैनन्। जस कारण उक्त घटना नेपालीको स्मृतिबाट हराउँदै गएको हो कि भन्ने आभास दिलाउन थालेको छ। न यो घटनाबारे सरकारले चासो राखेको छ, न त निजी क्षेत्रले नै इराक घटना सम्झन चाहेका छन्। अहिले पनि अवैध ढंगले रोजगारीका लागि इराक जान नेपाली युवायुवतीले छाडेका छैनन्। -(नेस)

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रतुवामाईमा विद्यालय स्तरीय सांस्कृतिक कार्यक्रम सम्पन्न

    रबिन्द्र बराल/मोरङ, कार्तिक १२ – मोरङको रतुवामाई नगरपालिका–३ स्थित पिडारी चोकमा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान...

    जेनजी प्रतिनिधिको जोड– “चुनाव मात्र होइन, सुशासन र पारदर्शिता चाहिन्छ”

    काठमाडौं, कात्तिक १२ – प्रधानमन्त्री सुशीला कार्कीको पहलमा प्रधानमन्त्री निवास बालुवाटारमा आज सरकार, राजनीतिक दल...

    संविधान संशोधन बिना चुनाव अर्थहीनः ज्ञानेन्द्र शाही

    काठमाडौं, कात्तिक १२ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले संविधान संशोधन नगरी चुनावमा...

    दुर्गा प्रसाईंले मंसिर ७ देखि देशव्यापी आन्दोलन गर्ने घोषणा

    काठमाडौं, कार्तिक १२ – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक अधिकारको संरक्षणका लागि काम गर्ने...

    भारतका विद्युतमन्त्री खट्टरसँग मन्त्री घिसिङको भेट, ऊर्जा सहकार्यका विषयमा छलफल

    काठमाडौं, कार्तिक १२ – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङले...