News Portal

भैरहवा विमानस्थलबाट कार्गो ढुवानी सेवा सुरु गर्न व्यवसायीले थाले पहल

हिमालीसंचार संवाददाता
३८४ पटक

१० भदौ २०७९, शुक्रबार
काठमाडौं। नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा विमानस्थलबाट कार्गो ढुवानी सेवा सुरु गर्न व्यवसायीहरुले पहल थालेका छन्।

गत २ जेठदेखि सञ्चालनमा आएको विमानस्थलमा कुवेतको एअरलायन्स जजिरा एअरवयजले हप्ताको ३ दिन उडान भरिरहेको छ। सो उडान आगामी सेप्टेम्बर महिनाको १५ तारिखदेखि हप्ताको सातै दिन हुने भएपछि व्यवसायीहरुले कार्गो उडानबारे चासो राखेका हुन्।

टपलाइन वर्ल्ड वाइड कार्गो र सेक्युर फ्रेट इन्टरनेसनल लगायत कार्गो कम्पनीको एक टोलीले गत साता भैरहवा विमानस्थल र स्थानीय व्यवसायीसँग यसबारे छलफल गरेको छ।

छलफलमा भैरहवाबाट काठमाडौं, कुवेत, साउदी अरेबिया हुँदै युरोप, अमेरिका र क्यानाडामा समेत नेपालमा उत्पादित सामान हवाई कार्गो मार्फत पठाउन सकिने व्यवसायीहरुले बताएका थिए।

‘अब विमानस्थललले व्यवसायिकता हासिल गर्छ, त्यहाँबाट अन्तर्राष्ट्रिय कार्गो ढुवानी थाल्न सकिन्छ भन्ने निष्कर्ष निकालियो,’ सेक्युर फ्रेट इन्टरनेशनलका निर्देशक ईश्वरबहादुर गुरुङले भने,‘स्थानीय व्यवपारीहरु पनि उत्साहित हुनुहुन्छ।’

यस क्षेत्रको स्वदेशी उत्पादन तथा विदेशबाट आउने सामानहरु भैरहवामै उपलब्ध हुने कुराले स्थानीय उद्योगी व्यवसायीहरु पनि खुसी भएको टपलाइन वर्ल्ड वाइड कार्गोका प्रबन्ध निर्देशक सुनिल श्रेष्ठले बताए।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...