News Portal

भैरहवा विमानस्थलबाट कार्गो ढुवानी सेवा सुरु गर्न व्यवसायीले थाले पहल

हिमालीसंचार संवाददाता
३३७ पटक

१० भदौ २०७९, शुक्रबार
काठमाडौं। नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा विमानस्थलबाट कार्गो ढुवानी सेवा सुरु गर्न व्यवसायीहरुले पहल थालेका छन्।

गत २ जेठदेखि सञ्चालनमा आएको विमानस्थलमा कुवेतको एअरलायन्स जजिरा एअरवयजले हप्ताको ३ दिन उडान भरिरहेको छ। सो उडान आगामी सेप्टेम्बर महिनाको १५ तारिखदेखि हप्ताको सातै दिन हुने भएपछि व्यवसायीहरुले कार्गो उडानबारे चासो राखेका हुन्।

टपलाइन वर्ल्ड वाइड कार्गो र सेक्युर फ्रेट इन्टरनेसनल लगायत कार्गो कम्पनीको एक टोलीले गत साता भैरहवा विमानस्थल र स्थानीय व्यवसायीसँग यसबारे छलफल गरेको छ।

छलफलमा भैरहवाबाट काठमाडौं, कुवेत, साउदी अरेबिया हुँदै युरोप, अमेरिका र क्यानाडामा समेत नेपालमा उत्पादित सामान हवाई कार्गो मार्फत पठाउन सकिने व्यवसायीहरुले बताएका थिए।

‘अब विमानस्थललले व्यवसायिकता हासिल गर्छ, त्यहाँबाट अन्तर्राष्ट्रिय कार्गो ढुवानी थाल्न सकिन्छ भन्ने निष्कर्ष निकालियो,’ सेक्युर फ्रेट इन्टरनेशनलका निर्देशक ईश्वरबहादुर गुरुङले भने,‘स्थानीय व्यवपारीहरु पनि उत्साहित हुनुहुन्छ।’

यस क्षेत्रको स्वदेशी उत्पादन तथा विदेशबाट आउने सामानहरु भैरहवामै उपलब्ध हुने कुराले स्थानीय उद्योगी व्यवसायीहरु पनि खुसी भएको टपलाइन वर्ल्ड वाइड कार्गोका प्रबन्ध निर्देशक सुनिल श्रेष्ठले बताए।

प्रतिकृया दिनुहोस्

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...