News Portal

  • प्रहरीको मुख्य कार्य प्रभावकारी रूपमा पुलिसिङ गर्नु हो : महानिरीक्षक सिंह

    हिमालीसंचार संवाददाता
    २०४ पटक

    काठमाडौं। प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रचलित कानूनको अधिनमा रही सरकार र प्रहरी संगठनको नीति र उद्देश्य अनुरूप प्रभावकारी रूपमा पुलिसिङ गर्नु नेपाल प्रहरीको मुख्य कार्य रहेको बताएका छन्।

    आफ्नो कार्यकालको एक सय दिन पुगेको अवसरमा बिहीबार नेपाल प्रहरीको प्रधान कार्यालयमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा उनले उक्त कुरा बताएका हुन्।

    प्रहरी महानिरीक्षक सिंहले प्रहरी कर्मचारीहरूको सरूवा, बढुवा, कार्यसम्पादन मूल्याङ्कन लगायतका हरेक काम संगठनको प्रणाली अनुरूप पारदर्शी रूपमा भएको दाबी गरे।

    सांगठनिक सुधारको लागि ८ वटा लक्ष्यसहित कार्ययोजना २०७९ लागूसमेत गरिएको उनले उल्लेख गरेका थिए।

    मिटरब्याजी, तस्करी, वित्तिय अपराध, सिमावर्ती अपराध, जघन्य अपराध, विद्युतीय अपराध, जबरजस्ती करणी लगायतका अपराध रोकथाम तथा नियन्त्रणमा प्रहरीले अझ सक्रिय भई कार्य सम्पादन गर्ने उनले बताए।

    प्रहरी संगठनको श्रीवृद्धि तथा सुदृढिकरणको लागि आगामी दिनमा समेत सञ्चारजगतबाट रचनात्मक सहयोग, सुझाव र समन्वयको सदैव अपेक्षा रहेको उनले जनाए।

    कानून भन्दा कोही पनि माथि नभएको भन्दै प्रहरी कर्मचारीहरू प्रहरी आचरण तथा व्यावसायिकता भन्दा बाहिर गएमा कारवाही गरिने चेतावनी उनले दिएका थिए।

    कार्यक्रमको शुरूमा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक टेक प्रसाद राईले गत आर्थिक वर्ष २०७७/०७८ र चालु आर्थिक वर्ष २०७८/०७९ को त्रैमासिक तुलनात्मक अपराध तथ्याङ्क प्रस्तुत गरेका थिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    मोरङ कारागारको शौचालयमा महिला बन्दी मृत फेला

    विराटनगर, भदौ ११ – जिल्ला कारागार मोरङमा एक महिला बन्दी मृत फेला परेकी छन्। बराहक्षेत्र...

    रौतहटमा रुबी साह हत्या प्रकरण : मुख्य आरोपी पासवान जलेको अवस्थामा पक्राउ

    रौतहट, भदौ ११ – रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका मुख्य आरोपी लक्ष्मण पासवानलाई प्रहरीले...

    आज २०८२ साल भदौ ११ गतेको राशिफल

    आज भदौ ११, २०८२ (अगस्त २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    नेपाली उधोग,आयात कर्ता र विक्रेता माझ पुलको काम वितरक संघ र वितरकहरुले गरिरहेको छ- चन्द्र थापा

    काठमाडौं -विगतको आर्थिक मन्दिवाट मुलुकको अर्थतन्त्र लयमा फर्कदै गर्दा वितरकहरु पनि आशावादी भईरहेको वर्तमान अवस्थामा नेपालमा...

    पाल्पामा स्क्रब टाइफसले बालिकाको लियो ज्यान

    पाल्पा, भदौ १० – पाल्पामा स्क्रब टाइफस संक्रमणका कारण एक ११ वर्षीया बालिकाको मृत्यु भएको...