News Portal

भुवन केसीविरुद्ध सर्वाेच्चमा मुद्दा दर्ता, नियुक्ति खारेज गर्न माग

हिमालीसंचार संवाददाता
३२९ पटक

काठमाडौं। चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्ति खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ। अध्यक्षका ५ दाबेदार नरेश पौड्याल, अरुण प्रधान, निर्मलराज ढकाल, मनिष पण्डित र सुचित्रा श्रेष्ठले नियुक्ति खारेज माग गर्दै सर्वाेच्चमा रिट दर्ता गराएका हुन्।

अध्यक्षमा नियुक्ति हुनका लागि स्नातक उत्तीर्ण हुनुपर्ने तर, केसीको योग्यता नपुगेको भन्दै उनीहरुले नियुक्ति खारेजीको माग गरेका छन्। उनीहरुले केसीलाई नियुक्त गर्ने ९ साउनको मन्त्रिपरिषद्को निर्णय खारेज गर्न माग गरेका छन्।

मन्त्रिपरिषद्ले गत साउन ९ गते केसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको थियो। बोर्ड अध्यक्ष बन्नका लागि केसीसहित अरुणकुमार प्रधान दीपक श्रेष्ठ, नरेशकुमार पौड्याल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुनीलकुमार पोखरेल र सुष्मा कार्कीले उम्मेदवारी दिएक थिए।

तर, उनीहरुमध्ये पहिलो रोजाइमा केसी परेका थिए। र, उनैलाई सरकारले अध्यक्षमा चुनेको थियो। तर, केसीलाई अध्यक्षमा नियुक्त गर्न नाजायज तरिकाले मापदण्ड संसोधन गरेको रिट दायर गर्ने उम्मेदवारहरुको आरोप छ।

कुनै पनि सरकारी निकायमा नियुक्ति हुने उम्मेदवार स्नातक पास गरेको हुनुपर्ने नियम सच्याएर केसीलाई अध्यक्ष बनाइएको उम्मेदवारहरुको आरोप छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...