News Portal

भुवन केसीविरुद्ध सर्वाेच्चमा मुद्दा दर्ता, नियुक्ति खारेज गर्न माग

हिमालीसंचार संवाददाता
२८३ पटक

काठमाडौं। चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्ति खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ। अध्यक्षका ५ दाबेदार नरेश पौड्याल, अरुण प्रधान, निर्मलराज ढकाल, मनिष पण्डित र सुचित्रा श्रेष्ठले नियुक्ति खारेज माग गर्दै सर्वाेच्चमा रिट दर्ता गराएका हुन्।

अध्यक्षमा नियुक्ति हुनका लागि स्नातक उत्तीर्ण हुनुपर्ने तर, केसीको योग्यता नपुगेको भन्दै उनीहरुले नियुक्ति खारेजीको माग गरेका छन्। उनीहरुले केसीलाई नियुक्त गर्ने ९ साउनको मन्त्रिपरिषद्को निर्णय खारेज गर्न माग गरेका छन्।

मन्त्रिपरिषद्ले गत साउन ९ गते केसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको थियो। बोर्ड अध्यक्ष बन्नका लागि केसीसहित अरुणकुमार प्रधान दीपक श्रेष्ठ, नरेशकुमार पौड्याल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुनीलकुमार पोखरेल र सुष्मा कार्कीले उम्मेदवारी दिएक थिए।

तर, उनीहरुमध्ये पहिलो रोजाइमा केसी परेका थिए। र, उनैलाई सरकारले अध्यक्षमा चुनेको थियो। तर, केसीलाई अध्यक्षमा नियुक्त गर्न नाजायज तरिकाले मापदण्ड संसोधन गरेको रिट दायर गर्ने उम्मेदवारहरुको आरोप छ।

कुनै पनि सरकारी निकायमा नियुक्ति हुने उम्मेदवार स्नातक पास गरेको हुनुपर्ने नियम सच्याएर केसीलाई अध्यक्ष बनाइएको उम्मेदवारहरुको आरोप छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...