News Portal

उत्कृष्ट शाखाकाे उपाधि नेपाल लाईफ इन्स्योरेन्सकाे धादिङले पायो

हिमालीसंचार संवाददाता
३७८ पटक

सुजन कडेल,
काठमाडौँ। नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे धादिङ शाखाले आर्थिक वर्ष २०७८/०७९ काे रिजन थ्रीए (Region 3A) अन्तरगतका शाखाहरुमध्ये उत्कृष्ट व्यवसाय गरि Best Branch of The Year काे उपाधि प्राप्त गर्न सफल भएको छ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तीन दिवसीय बिजनेस एक्सिलेन्स कन्फ्रेन्स सौराहा चितवनमा सम्पन्न गरेको थियो। उक्त तालिम साउन १३ गतेदेखि १५ गतेसम्म सम्पन्न भएको हो। “अ बाउन्स ब्याक एयर ०७९/०८०”नाराका साथ सम्मेलनको आयोजना गरिएको थियो।

उक्त सम्मेलनमा देशभरिबाट सेल्स तथा मार्केटिंगमा कार्यरत् २३० भन्दा बढी कर्मचारीहरुको सहभागिता रहेको थियो। संचालक बिमल प्रसाद ढकालले सम्मेलनको समुद्घाटन गर्दै कर्मचारीहरुले आम नागरिकहरुको आशा र विश्वास जितेर काम गर्न सुझाव दिएका थिए।

उक्त कार्यक्रममा सम्मानित हुदै धादिङ शाखाका प्रमुख बिकाश न्याैपानेले आगामी दिनमा अझै शसक्त रुपमा बीमा व्यबसायमा लाग्ने प्रतिबद्धता जनाउनु भएकाे छ। उहाँले यस उपलब्धि हासिल गर्न सघाउने सम्पूर्ण एएमहरु, विसिहरुका साथै अभिकर्ता र बिमित तथा उक्त शाखाका कर्मचारीमा पनि विशेष धन्यवाद व्यक्त गर्नु भएकाे छ।

प्रतिकृया दिनुहोस्

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...