News Portal

भदौबाट ई-सिम ल्याउदै नेपाल टेलिकम, कस्तो हुन्छ ई-सिम ?

हिमालीसंचार संवाददाता
४२६ पटक

काठमाडौँ। सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले भदौबाट ई-सिम उपलब्ध गराउने भएको छ। भदौबाट ई-सिम उपलब्ध गराउने गरी टेलिकमले अहिले आन्तरिक परीक्षण गरिरहेको छ।

चाँडै प्रयोगमा ल्याउने गरी हाल ई-सिमको आन्तरिक परीक्षण भइरहेको नेपाल टेलिकमका सह-प्रवक्ता सञ्जित लोहियाले बताए।

‘अहिले परीक्षणको काम भइरहेको छ। हामी अन्तिम चरणमा छौं,’ उनले आइसिटीसमाचारसँग भने, ‘साउनभरि परीक्षण गरेर सम्भवतः भदौबाट ई-सिम व्यवसायिक प्रयोगमा ल्याउँछौं।’

विश्वका ९० देशमा ई-सिम प्रयोगमा आइसकेको छ। ई-सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो। ई-सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन्।

ई-सिम भएपछि भौतिक सिमकार्ड खोज्नु नपर्ने लोहिया बताउँछन्। यदी मोबाइलले ई-सिम सपोर्ट गर्छ भने सिस्टमले अटोमेटिक कन्फिगर गरिदिने उनले जानकारी दिए।

ई-सिम प्रयोगमा आएपछि पटक पटक सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन्। मोबाइल सेटबाहेक ई-सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरिरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइसहरुमा समेत प्रयोग गर्न सकिन्छ। ई-सिम भौतिक सिम कार्ड भन्दा धेरै सानो हुने गर्दछ।

कस्तो हुन्छ ई-सिम ? 

ई-सिम भनेको एक ईम्बेड गरिएको सिम कार्ड हो। यसको आकार सानो हुन्छ। ई-सिम फोनको मदरबोर्डसँगै जोडिएको हुन्छ। यसलाई न तपाई राख्न सक्नुहुन्छ, न हटाउन नै। तर यसमा नम्बर परिवर्तन गर्न र क्यारियर परिवर्तन गर्न सकिन्छ।

ई-सिममार्फत एउटा फोनबाट अर्को फोनमा डेटा सार्न, ई-सिममा उपलब्ध डेटालाई आवश्यकता अनुसार परिवर्तन गर्न समेत सकिन्छ।

यसलाई स्वीच गर्न र सेट गर्न सहज हुन्छ। फोनकलकै माध्यमले तपाईले ई-सिम पाउन सक्नुहुन्छ र आफ्नो हातमा सिम कार्ड कहिले प्राप्त हुन्छ भनेर पर्खेर पनि बस्नु पर्दैन्। ई-सिम पनि अरु सिमकै प्रविधिमा चल्ने गर्दछ। यसले अरु सिम जसरी नै जिएसएम नेटवर्क प्रयोग गर्ने गर्दछ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...