News Portal

भदौबाट ई-सिम ल्याउदै नेपाल टेलिकम, कस्तो हुन्छ ई-सिम ?

हिमालीसंचार संवाददाता
५०५ पटक

काठमाडौँ। सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले भदौबाट ई-सिम उपलब्ध गराउने भएको छ। भदौबाट ई-सिम उपलब्ध गराउने गरी टेलिकमले अहिले आन्तरिक परीक्षण गरिरहेको छ।

चाँडै प्रयोगमा ल्याउने गरी हाल ई-सिमको आन्तरिक परीक्षण भइरहेको नेपाल टेलिकमका सह-प्रवक्ता सञ्जित लोहियाले बताए।

‘अहिले परीक्षणको काम भइरहेको छ। हामी अन्तिम चरणमा छौं,’ उनले आइसिटीसमाचारसँग भने, ‘साउनभरि परीक्षण गरेर सम्भवतः भदौबाट ई-सिम व्यवसायिक प्रयोगमा ल्याउँछौं।’

विश्वका ९० देशमा ई-सिम प्रयोगमा आइसकेको छ। ई-सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो। ई-सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन्।

ई-सिम भएपछि भौतिक सिमकार्ड खोज्नु नपर्ने लोहिया बताउँछन्। यदी मोबाइलले ई-सिम सपोर्ट गर्छ भने सिस्टमले अटोमेटिक कन्फिगर गरिदिने उनले जानकारी दिए।

ई-सिम प्रयोगमा आएपछि पटक पटक सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन्। मोबाइल सेटबाहेक ई-सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरिरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइसहरुमा समेत प्रयोग गर्न सकिन्छ। ई-सिम भौतिक सिम कार्ड भन्दा धेरै सानो हुने गर्दछ।

कस्तो हुन्छ ई-सिम ? 

ई-सिम भनेको एक ईम्बेड गरिएको सिम कार्ड हो। यसको आकार सानो हुन्छ। ई-सिम फोनको मदरबोर्डसँगै जोडिएको हुन्छ। यसलाई न तपाई राख्न सक्नुहुन्छ, न हटाउन नै। तर यसमा नम्बर परिवर्तन गर्न र क्यारियर परिवर्तन गर्न सकिन्छ।

ई-सिममार्फत एउटा फोनबाट अर्को फोनमा डेटा सार्न, ई-सिममा उपलब्ध डेटालाई आवश्यकता अनुसार परिवर्तन गर्न समेत सकिन्छ।

यसलाई स्वीच गर्न र सेट गर्न सहज हुन्छ। फोनकलकै माध्यमले तपाईले ई-सिम पाउन सक्नुहुन्छ र आफ्नो हातमा सिम कार्ड कहिले प्राप्त हुन्छ भनेर पर्खेर पनि बस्नु पर्दैन्। ई-सिम पनि अरु सिमकै प्रविधिमा चल्ने गर्दछ। यसले अरु सिम जसरी नै जिएसएम नेटवर्क प्रयोग गर्ने गर्दछ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...