News Portal

चलचित्र प्रकाश: जुम्लाको कथा, नेपाली समाजको यथार्थता (भिडियो सहित)

हिमालीसंचार संवाददाता
४५४ पटक

पोखरा। प्रदर्शनको अन्तिम तयारीमा रहेको नेपाली कथानक चलचित्र प्रकाश नेपाली समाजको यथार्थता भएको कलाकारले बताएका छन्। आगामी भदौ १० गतेदेखि प्रदर्शन गर्ने तयारी गरिएको उक्त चलचित्रको प्रवर्द्धनका लागि बिहीबार पोखरा आएका कलाकारहरुले एकसाथ चलचित्रले नेपाली समाजको यथार्थतालाई देखाउन खोजेको बताए।

‘चलचित्र प्रकाश समाजको यथार्थतामा आधारित कथा हो। यसको मुख्य भूमिकामा अभिनय गर्न पाउँदा मलाइ खुसी लागेको छ’, चलचित्र पत्रकार सङ्घ कास्कीद्वारा आयोजित पत्रकार सम्मेलनमा नायक प्रदीप खड्काले भने, ‘चलचित्र जुम्लामा छायाङ्कन गरिएको भएपनि नेपाली समाजको यथार्थता, भोगाइलाई तथा समस्यालाई कथामा देखाउन खोजिएको छ।’

चलचित्रमा जुम्लाको गरिब परिवारको विपन्नतामा हुर्केका एक सदस्य प्रकाशको शिक्षक बन्ने सपना र त्यससँग उनको सपना पूरा गर्न जोडिएका विभिन्न घटनाक्रमलाई प्रस्तुत गर्न खोजिएको छ।

आफ्नो सपना पूरा गर्न गर्नुपर्ने विविध सङ्घर्षको कथालाई चलचित्रले देखाउन खोजेको बताउँदै उनले प्रकाशले आफूलाई कलाकार बनाएको उल्लेख गरे। पोखरेलीबाट आफूले माया पाइरहेको बताउँदै खड्काले चलचित्र प्रकाशलाई सफल बनाउन पनि पोखराबाट महत्त्वपूर्ण सहयोग मिल्ने आशा व्यक्त गरे।

चलचित्रकी नायिका दिया मास्केले कुनै पनि पुरुषको हरेक सफलतामा महिलाको हात हुने कुरालाई आफ्नो भूमिकामार्फत देखाउन खोजेको धारणा राखिन्। नेपाली जनजीवनलाई वास्तविकरुपमा चित्रण गरिएको उल्लेख गर्दै उनले अभिनयका क्रममा देखे भोगेका विभिन्न अनुभव सुनाइन्। पोखरा आफ्नो घर भएकाले पनि यहाँबाट अत्यधिक माया पाइने मास्केको विश्वास छ।

चलचित्र लेखक विकास सुवेदीले ‘प्रकाश’ सबैको कथा भएको बताउँदै जीवन सङ्घर्षको पहाड भएको विषयलाई चलचित्रले स्पष्टरुपमा चित्रण गर्न खोजेको बताए। पत्रकारिता क्षेत्र हुँदै आफू चलचित्रमा प्रवेश गरेको अनुभव सुनाउँदै उनले पत्रकारिताका क्रममा देखे भोगेका विविध समस्यालाई चलचित्रमा उतारिएको बताए।

‘एक गरिब परिवारमा जन्मेको व्यक्तिले शिक्षक बन्न गर्नुपरेको सङ्घर्षलाई चलचित्रमा प्रस्तुत गर्न खोजिएको छ’, उनले भने, ‘यो सबैको कथा हो, समाजको वास्तविकता हो।’

चलचित्र निर्माणका सन्दर्भमा झन्डै एक वर्ष अध्ययन अनुसन्धान गरिएको बताउँदै सुवेदीले प्रदर्शन हुने तयारीमा आउँदा अरु दुई वर्ष लागेको बताए। हालसम्म करिब दुई करोड लगानी भइसकेको जानकारी दिँदै उनले लागत दुई करोड ५० लाखसम्म पुग्न सक्ने बताए।

चलचित्रका निर्देशक दिनेश राउतले समाजको यथार्थपरक कथालाईसमेत व्यवसायिकीकरण गर्नुपर्ने आवश्यकतालाई औँल्याउँदै चलचित्र प्रकाशले नेपाली समाजको यथार्थतालाई जीवन्तरुपमा चित्रण गरेको बताए।

आफू राम्रो कथाको खोजीमा रहेको र चाहेजस्तो कथा पाएकाले पनि ‘प्रकाश’ निर्देशनका लागि तयार भएको उनको भनाइ छ। चलचित्र ‘प्रसाद’पश्चात् लामो समयको अन्तरालमा ‘प्रकाश’ निर्देशन गरेको उनले जानकारी दिए।

चलचित्रमा प्रकाश घिमिरे, राजन खतिवडालगायतका कलाकारले अभिनय गरेका छन्। निर्माता महेन्द्र अधिकारी रहेको चलचित्र विनिस इन्टरटेन्मेन्ट ब्यानरमा निर्माण गरिएको हो।

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...