News Portal

कल्पनाको परिवारसँग लफडा गर्दागर्दै हनिट्रयापको धन्दा, व्यापारीसँग ४० लाख बार्गेनिङ

हिमालीसंचार संवाददाता
४०९ पटक

काठमाडौं। सिन्धुलीको कमलामाई नगरपालिका–६ घर भएकी ३१ वर्षीया कल्पना बस्नेत २०७५ पछि प्रहरी कार्यालयमा धाउन छाडेकी छैनन्। जिल्ला प्रहरी कार्यालय सिन्धुली र काठमाडौंका प्रहरी युनिटमा बारम्बार भेटिने पात्र हुन् कल्पना।

२०७५ फागुनमा उनले आफ्नो भाञ्जाविरुद्ध जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ज्यान मार्ने उद्योगमा जाहेरी दिइन्। भाञ्जाले अश्लिल भिडियो आफूलाई पठाएको र सार्वजनिक ठाउँमा कुटेको उनको आरोप थियो। काठमाडौंको बौद्धमा आफूलाई कन्ट्याक्ट किलर प्रयोग गरेर हत्या प्रयास गरेको आरोपमा कल्पनाले बौद्ध प्रहरीमा उजुरी गरिन्।

आफ्नी सासु विष्णु कुमारी खड्काले २०६९ सालमा छोराको हक मारेर करोडौंको सम्पती छोरी निरुकुमारी खड्कालाई बकसपत्र गरेर दिएको र त्यसविरुद्ध आवाज उठाउँदा हत्या प्रयास भएको उनको दाबी छ।

२०७८ माघमा महांकालस्थित डेरामा आमाजु र सासुसहितका पारिवारिक सदस्य मिलेर आफ्नो हत्या गर्न ४० लाखको सुपारी दिएको कल्पनाको आरोप छ। परिवारसँग उनले अदालतमा अंश मुद्दा लडिरहेकी छिन्। काठमाडौं र सिन्धुलीका सडकमा न्यायको आवाज उठाएर प्रदर्शनमा उत्रिएकी कल्पना अहिले ‘हनि ट्रयाप’मा पारेर व्यापारीसँग ४० लाख बार्गेनिङ गरेको कसुरमा प्रहरीको हिरासतमा छिन्।

हनि ट्रयापमा पारेर व्यापारीलाई फसाउन खोजेको आरोपमा साउन १ मा कल्पनालाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए।

हनिट्रयाप धन्दा चलाएको आरोपमा कल्पनासँगै उनको श्रीमान ३१ वर्षीय कृष्णहरी खड्का  र सिन्धुली घर भएर भक्तपुरको बालकोट बस्ने २८ वर्षीय संजय कार्कीलाई पनि उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ।

फन्दामा जुत्ता–चप्पल व्यापारी !

बौद्ध क्षेत्रमा बस्ने कल्पना एकदिन चावहिलस्थित चप्पल पसलमा थिइन्। त्यहाँ जुत्ता–चप्पल व्यापारी पैसा उठाउँदै आइपुगे। सामान्य परिचयसँगै कल्पनाले ती व्यापारीको फोन नम्बर लिइन्। उनीहरुको बीचमा कुरा हुन थाल्यो।

१५–२० दिनमा सामाजिक संजालमा लामो च्याट हुनु दुवैका लागी दाल–भात जस्तै भइसकेको थियो। दुईपटक क्याफेमा भेटघाट गरे। सम्बन्ध अन्तरंग भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अघिल्तिरको होटलमा भेट्ने सल्लाह गरे।

व्यापारीले होटलमा कोठा बुक गरेका थिए। दुवैजना होटलमा गए। कोठामा पुगेपछि कल्पना रिसाएर फर्किइन्। कल्पना हिँडेको केही मिनेटमै उनका पति कृष्णहरी खड्काले फोन गरेर ती व्यापारीलाई भने–‘मेरी श्रीमतीलाई घुमाउने, अब देखाइदिन्छु !’ – रातोपाटीबाट।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...