News Portal

मोरङको रंगेली-कानेपोखरी सडकको काम सम्पन्नपछि रकम भुक्तानी गर्ने सहमति

“रंगेली-कानेपोखरी अलपत्र सडक खण्ड पुन: निर्माण गर्ने सहमति”

हिमालीसंचार संवाददाता
४३८ पटक

रबिन्द्र बराल/मोरङ – भारत सरकारको अनुदानमा हुलाकी मार्ग अन्तर्गत मोरङको कानेपोखरी-रंगेली सडक खण्डको बाँकी रहेको काम हुने भएको छ। सडक ठेक्का पाएको ठेकेदार कम्पनीले ढेंड बर्ष अघि नै सडक कालोपत्रे गरी कानेपोखरीमा अनावरण गरेका सडकको काम सम्पन्न भएको भन्दै सडकको उद्घाटन गरी ठेकेदार कम्पनीले कानेपोखरीमादेखि रंगेली भित्रसम्म् काम अधुरै छाडेर हिडेका उक्त सडक खण्डको बाकी रहेको काम सम्पन्न गरेपछि मात्र भुक्तानी दिने भएपछि सडकको बाकी काम सम्पन्न हुने भएको छ।

उक्त सडक खण्डका ठेकेदार कम्पनीले सडकको दायाँबायाँमा नालामा ढक्कन नलागाई त्यसै छाडेर हिडेका थिए। ठेक्केदारले रंगेली नगरपालिका र कानेपोखरी गाउँपालिका संग सडकको काम सम्पन्न भएको भन्दै रकम निकासि गर्न ठेकेदारले पत्र माग गरेपछि दुई पालिका प्रमुखहरुले सो सडको अनुगमन गरेका थिए।

यी दुई पालिको पटक पटक आग्रहमा रंगेली नगरपाकिलाका मेयर दिलिपकुमार अग्रवाल र कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष भोला प्रसाद अधिकारी वडाअध्यक्ष, रंगेली वडाध्यक्ष रामचन्द्र मण्डल, ढकप्रसाद आचार्य र अवधेश मण्डल तथा विभिन्न पार्टीका प्रतिनिधिले हुलाकी सडक निर्देनालयका प्रमुख धर्मेन्द झा, हुलाकी सडक आयोजना कार्यालय इटहरीका योजना प्रमुख विजयीथापा, इन्जीनीयर दिपेन्द्र चौधरी, एक.एच,आर्डे,डि.सि. एल(टी.एल)तनोज वाजपोइ, लामा डाँफे दी कञ्चनजंघा कन्सट्रक्सनका ठेकेदार टेन्डी शेर्पा  लगायतले अनुमगन गरेका थिए।

कानेपोखरी चोकदेखि रंगेली नगरपालिका दक्षिण भारता जोड्ने सिमानासम्म २५.४० किलोमिटर सडकको अनुमगन गरेका थिए। उक्त सडक अनुगमन पछि, सडक, फुटेको प्वाल परेको सडक र छेउमा भत्किएको सडक निर्माण गर्नुपर्ने, सवै निर्माण गरिएको ड्रेनमा ढकन लगाउनु पर्ने, बाँकी रहेको ड्रेन निर्माण गर्नु पर्ने, सडकको शाखा बाटोमा मापदण्ड अनुसार कालोपत्रे गर्नुपर्ने, रमाइलो चोकको इन्टरलक ब्लक इस्टीमेट अनुसार गर्नुपर्ने र चर्किएको सडक पुननिर्माण गरिनुपर्ने सहमति भएको छ। 

नगरपालिका र ठेकेदारबीच यी सबै कुरा सम्पन्न भएपछि मात्र बाकी रकम भुक्तानीको सिफारिस दिने दुई पक्षबीच सहमति भएको छ। यी सडक खण्डका बाँकी रहेका कामहरु चाँडै शुरु गरिने हुलाकी सडक निर्देनालयका प्रमुख धर्मेन्द झाँले हिमालीसंचारडटकमसंग बता।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...