News Portal

तत्कालीन प्रधानसेनापति थापाको पहलमा ५८ वर्षपछि रत्नकुमारीलाई पेन्सन

हिमालीसंचार संवाददाता
५४६ पटक

नगेन्द्र अधिकारी
काभ्रे। नेपाली सेनामा कार्यरत श्रीमान् दिवंगत भएको ५८ वर्षपछि पनौती–११ की ८४ वर्षीया महिलाले निवृत्तिभरण (पेन्सन) पाएकी छन्। दार्चुलाको टिंकर चेकपोस्टमा कार्यरत दुर्गाबहादुर थापा विसं २०२१ भदौमा तत्कालीन बझाङी राजाका निजी सेनाको आक्रमणमा परेर मारिएका थिए।

उनकी पत्नी रत्नकुमारी थापालाई सेनाले बल्ल पेन्सन रकम दिन सुरु गरेको हो। २०१३ सालमा सेनामा भर्ना भएका दुर्गाबहादुर मृत्यु हुँदा ३० वर्षका थिए।

गत वर्ष पनौती आएका बेला तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापालाई घटनाबारे बताएपछि सेनाले दुर्गाबहादुरले पाउनुपर्ने निवृत्तिभरणका लागि प्रक्रिया सुरु गरेको थियो।

दुर्गाबहादुर त्यसबेला हिरासत गुल्ममा थिए, उक्त गुल्म हाल नारायण दल गण भइसकेको छ।

‘निकै खुसी भएकी छु, ढिलै भएपनि न्याय पाएकी छु,’ रत्नकुमारीले भनिन्, ‘राज्यका लागि गरेको सेवाको अहिले सम्मान भयो।’

रत्नकुमारीका अनुसार सञ्चार, सडक, यातायातको सुविधा नभएका कारण एक महिनापछि मात्रै श्रीमानको मृत्युको खबर पाइएको थियो।

‘एक महिनापछि मात्रै धागोले बाँधेको चिठ्ठी आयो,’ उनले भनिन्, ‘श्रीमान् मृत्युको खबर बोकेको पत्र आउँदा छोरा एक वर्षको थियो।’

छोरा नवराजका अनुसार गाउँ नजिकैका चिनजानका जमानसिं तामाङ पनि सोही स्थानमा रहेकाले अन्तिम संस्कार गरेको खबर आएको थियो।

‘बुबा बित्दा म बालखै थिएँ, पछि पेन्सनका लागि खोजी गरेपनि सुनुवाइ भएको थिएन,’ नवराजले भने।

रत्नकुमारीले ०७८ भदौदेखिको पेन्सन वापत मासिक २१ हजार रुपैयाँका पाएकी छन्। अब नियमित रूपमा महिनाको २१ हजार पेन्सन पाउनेछिन्।

प्रतिकृया दिनुहोस्

धादिङ कलेरीमा माघे संक्रान्ती–२०८२: मगर संस्कृति र परम्पराको उत्सव

धादिङ – मगर भाषा, संस्कृति तथा परम्परागत पहिचानको जगेर्ना र संरक्षण गर्ने उद्देश्यले माघे संक्रान्ती–२०८२...

रवि–बालेन एकता सहमति-घण्टी प्रतीकमा नयाँ राजनीतिक यात्राको घोषणा

काठमाडौँ – नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको उद्देश्यसहित रवि लामिछाने र बालेन्द्र शाह (बालेन) बीच...

आज २०८२ साल पुष १३ गतेको राशिफल

आज पुष १३, २०८२ (डिसेम्बर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...