News Portal

तत्कालीन प्रधानसेनापति थापाको पहलमा ५८ वर्षपछि रत्नकुमारीलाई पेन्सन

हिमालीसंचार संवाददाता
६०२ पटक

नगेन्द्र अधिकारी
काभ्रे। नेपाली सेनामा कार्यरत श्रीमान् दिवंगत भएको ५८ वर्षपछि पनौती–११ की ८४ वर्षीया महिलाले निवृत्तिभरण (पेन्सन) पाएकी छन्। दार्चुलाको टिंकर चेकपोस्टमा कार्यरत दुर्गाबहादुर थापा विसं २०२१ भदौमा तत्कालीन बझाङी राजाका निजी सेनाको आक्रमणमा परेर मारिएका थिए।

उनकी पत्नी रत्नकुमारी थापालाई सेनाले बल्ल पेन्सन रकम दिन सुरु गरेको हो। २०१३ सालमा सेनामा भर्ना भएका दुर्गाबहादुर मृत्यु हुँदा ३० वर्षका थिए।

गत वर्ष पनौती आएका बेला तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापालाई घटनाबारे बताएपछि सेनाले दुर्गाबहादुरले पाउनुपर्ने निवृत्तिभरणका लागि प्रक्रिया सुरु गरेको थियो।

दुर्गाबहादुर त्यसबेला हिरासत गुल्ममा थिए, उक्त गुल्म हाल नारायण दल गण भइसकेको छ।

‘निकै खुसी भएकी छु, ढिलै भएपनि न्याय पाएकी छु,’ रत्नकुमारीले भनिन्, ‘राज्यका लागि गरेको सेवाको अहिले सम्मान भयो।’

रत्नकुमारीका अनुसार सञ्चार, सडक, यातायातको सुविधा नभएका कारण एक महिनापछि मात्रै श्रीमानको मृत्युको खबर पाइएको थियो।

‘एक महिनापछि मात्रै धागोले बाँधेको चिठ्ठी आयो,’ उनले भनिन्, ‘श्रीमान् मृत्युको खबर बोकेको पत्र आउँदा छोरा एक वर्षको थियो।’

छोरा नवराजका अनुसार गाउँ नजिकैका चिनजानका जमानसिं तामाङ पनि सोही स्थानमा रहेकाले अन्तिम संस्कार गरेको खबर आएको थियो।

‘बुबा बित्दा म बालखै थिएँ, पछि पेन्सनका लागि खोजी गरेपनि सुनुवाइ भएको थिएन,’ नवराजले भने।

रत्नकुमारीले ०७८ भदौदेखिको पेन्सन वापत मासिक २१ हजार रुपैयाँका पाएकी छन्। अब नियमित रूपमा महिनाको २१ हजार पेन्सन पाउनेछिन्।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...