News Portal

३२ एसपी एसएसपी बढुवामा सिफारिस (सूचीसहित)

निर्मला पन्त प्रकरणमा बर्खास्त भएर पुनर्बहाली भएका विष्ट पनि बढुवा सूचीमा परेका छन।

हिमालीसंचार संवाददाता
२८६ पटक

काठमाडौं। गृहमन्त्रालयले ३२ जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा सिफारिस गरेको छ।

आज शनिबार बसेको बढुवा समितिको बैठकले ३२ जना एसपीलाई सम्बन्धित समूहमा एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो।

बढुवा सिफारिसको पहिलो नम्बरमा प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय अंगरक्षण गण नक्सालका एसपी गणेश चन्द रहेका छन्।

यस्तै, दोस्रो नम्बरमा सिद्धिविक्रम शाह, तेस्रोमा सुशीलसिंह राठौर, चौथोमा उमाप्रसाद चतुरबेदी र पाँचौ नम्बरमा दानबहादुर कार्की रहेका छन् भने, ३२औं नम्बरमा सिफारिस हुनेमा शारदाप्रसाद चौधरी रहेका छन्।

बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त प्रकरणमा बर्खास्तीमा परेर पुनर्बहाली भएका एसपी डिल्लीराज बिष्ट पनि एसएसपी बढुवाको सूचीमा परेका छन्। उनी १८औं नम्बरमा सिफारिसमा परेका हुन्। विष्टका ब्याजी सबै एसएसपी भइसकेका छन्।

प्रतिकृया दिनुहोस्

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...