News Portal

अन्तर्राष्ट्रिय विमान सेवाले धानेको एक मात्र गौतमबुद्ध विमानस्थल

हिमालीसंचार संवाददाता
४६४ पटक

तेजेन्द्र के.सी.
रुपन्देही। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान सुरु भएको डेढ महिना बितिसक्दा पनि जम्मा एउटा अन्तर्राष्ट्रिय विमान सेवा कम्पनीले मात्र उडान सेवा सञ्चालन गर्दै आएको छ। पूर्व तयारी र योजनाविहीन ढंगले अघि बढ्दा यो विमानस्थलमा जजिरा एयरलाइन्सबाहेक अरु कुनै पनि विमान सेवाले अहिलेसम्म व्यावसायिक उडान सुरु गर्न सकेका छैनन्।

२०७९ जेठ २ गते (बुद्ध पूर्णिमा)देखि यो विमानस्थलमा व्यावसायिक उडान सुरु भएको थियो। तर, अहिलेसम्म एउटा एयरलाइन्सले मात्र सेवा सुरु गरेका कारण विमानस्थलको व्यवस्थापन खर्चसमेत धान्न नसकिने अवस्था छ।

विमानस्थलका निर्देशक गोविन्द दाहालका अनुसार विमानस्थलको खर्च धान्नका लागि कम्तीमा ५ वटा एयरलाइन्सले सेवा सञ्चालन गर्नुपर्छ। तर विमानस्थल नयाँ रहेको र भर्खरै सञ्चालनमा आएका कारण अन्य विमान सेवा कम्पनीले पनि यहाँबाट उडान सुरु गर्नेमा आफू आशावादी रहेको उनले बताए।

उनले अब चाँडै नै बिज एयरले यहाँबाट पनि सेवा सुरु गर्ने जानकारी दिए। अन्य केही वायुसेवा कम्पनीले पनि चासो देखाएको उनको भनाइ छ। वायुसेवा कम्पनीलाई आकर्षित गर्नका लागि अहिले आफूहरुले विभिन्न चार्जमा १ लाख रुपैयाँ जति छुट दिएको उनले बताए।

केही विमान कम्पनीले ग्राउन्ड चार्जमा छुट मागेको पनि उनले सुनाए। ग्राउन्ड चार्जबापत झन्डै ३ लाख रुपैयाँ लाग्छ। त्यसमा कम्पनीहरूले कम्तीमा ५० प्रतिशत छुट माग गरेको उनको भनाइ छ। उनका अनुसार निकट भविष्यमा बीज एयरका साथै साउदी अरबको एयर अरेबिया र संयुक्त अरब इमिरेट्स (युएई)को फ्लाई दुबईले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान भर्ने तयारी भइरहेको छ।

उनले दशैँसम्ममा काठमाडौंकै हाराहारीमा यो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुने अपेक्षा गरे। हाल जजिरा एयरलाइन्सले हप्तामा ३ दिन सोमबार, बुधबार र शनिबार उडान भर्दै आएको छ। सो कम्पनीले दैनिक रूपमा उडान भर्न सबै प्रक्रिया पूरा गरेर ग्राउन्ड चार्ज शुल्क निःशुल्क गर्न माग गरेको उनको भनाइ छ।

अहिले काठमाडौँको तुलनामा भैरहवाबाट भाडा दर सस्तो भएपछि वैदेशिक रोजगारीमा जाने नेपाली युवाले पनि यही विमानस्थल रोज्ने गरेका छन्। काठमाडौँ–कुवेतको तुलनामा भैरहवा–कुवेत हवाई भाडा प्रतियात्रु ८ हजार रुपैयाँ सस्तो रहेको जनाइएको छ।

गौतम बुद्ध विमानस्थलका प्रवक्ता श्यामकिशोर शाहका अनुसार विभिन्न विमानसेवा कम्पनीले उडानका लागि चासो देखाउँदै विमानस्थलले लिने विभिन्न शुल्कमा छुटको माग गरिरहेका छन्। यथास्थितिमै निकट भविष्यमा केही विमानसेवा कम्पनीले उडान सुरु गर्ने तयारी पनि भइरहेको उनले जनाए।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...