News Portal

कुवेतका श्रममन्त्री नेपाल आउदै, श्रम सम्झौता हुने

हिमाली संचार संवाददाता
६६२ पटक

नेपाल र कुवेतबीच पनि श्रम सम्झौता हुने भएको छ । केही समयदेखि घरेलु कामदारको श्रम स्वीकृति रोकिएको सन्दर्भमा छलफल गर्न कुवेतका श्रम मन्त्री अर्को महिना नेपाल आउने भएका छन् ।

श्रम मन्त्रालय स्रोतका अनुसार कुवेती मन्त्री अक्टोबर पहिलो साता नेपाल आउने तय भएको थियो । तर नेपाल पक्षले तयारी नपुगेको भनेपछि उनको भ्रमण कम्तीमा एक साता पर सरेको छ ।

श्रममन्त्री गोकर्ण विष्टले मलेसियासँग नेपालको हात माथि पर्ने गरी श्रम सम्झौताको मस्यौदामा सहमति जुटाउन सफल भएसँगै अन्य देशसँग पनि पहल शुरु भएको हो । कुवेतले नेपालसँग श्रम सम्झौता गर्न चाहेको छ ।

कुवेतमा ३० हजार भन्दा बढी नेपाली महिला घरेलु कामदारका रुपमा कार्यरत छन् । तर नेपालमा श्रम स्वीकृति बन्द भएपछि उनीहरु आउन पाएका छैनन् । घरेलु कामदारको श्रम स्वीकृति रोकिएपनि अवैध बाटोबाट नेपाली महिला कुवेत गइरहेका छन् ।

अवैध बाटोबाट जाँदा नेपाली महिला जोखिममा परेको भन्दै संसदको श्रम सम्बन्ध समितिमा घरेलु कामदारलाई श्रम स्वीकृति दिन सांसदहरुले सुझाव दिएका छन् । श्रममन्त्री गोकर्ण विष्टले दुई पक्षीय सम्झौताबाट नेपाली महिलाहरुको सम्पूर्ण सुरक्षा हुने गरिमात्र श्रम स्वीकृति खुलाइने बताएका छन् ।

त्यसका लागि कुवेतका मन्त्री नेपाल आउन लागेको श्रम मन्त्रालयका एक उच्च अधिकारीले बताए । कुवेत नेपाली महिलाहरुका लागि घरेलु कामदारको आकर्षक र सुरक्षित गन्तव्य हो । अहिले तेस्रो मुलुक हुँदै अवैध रुपमा नेपाली महिला जाने क्रम नरोकिएकाले यसलाई नेपालबाटै सहज बनाउन मन्त्री बिष्टमाथि दबाब परेको छ ।सरकारले कतारसँग पनि श्रम सम्झौता गर्दैछ ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...