News Portal

प्रधानमन्त्री ओलीबाट नेपाल प्रहरीको प्रशंशा

हिमाली संचार संवाददाता
६८७ पटक

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले नेपाल प्रहरीको भूमिकाको खुलेर प्रशंशा गरेका छन् ।

हत्या, हिंसा, बलात्कारलगायतका घटना नियन्त्रण गर्न नसकेको भन्दै प्रहरीको भूमिकालाई लिएर आलोचना भईरहेका बेला प्रधानमन्त्री ओलीले नेपाल प्रहरीको दृढता, इमान्दारिता र कर्तव्यनिष्ठाको मुक्तकण्ठले प्रशंशा गरेका हुन् ।

नेपाल प्रहरीले जनताको निकट रहेर अपराध  नियन्त्रण र समाजमा अमनचयन कायम गर्न उल्लेखनीय योगदान दिँदै आएको प्रधानमन्त्री ओलीको भनाई छ ।

६३ औं प्रहरी दिवसको अवसरमा बिहिबार काठमाडौंको नक्सालस्थित प्रहरी प्रधान काार्यालयमा आयोजित समारोहमा उनले संयुक्त राष्ट्र संघको मिसनमा रहेर नेपाल प्रहरीले खेलेको भूमिकाको पनि स्मरण गरे ।

प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल र सुःखी नेपाली’ बनाउने अभियानलाई सार्थक बनाउन नेपाल प्रहरीले थप जिम्मेवार बन्नुपर्ने पनि बताए ।

उनले नेपाल प्रहरीको भूमिकालाई अझै प्रभावकारी बनाउन सरकारले आवश्यक स्रोत, साधनको उपलब्ध गराउने आश्वासन पनि दिए ।

कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीलाई नमूना प्रहरी संगठनको रुपमा स्थापित गराउने प्रतिवद्धता व्यक्त गरे ।

उनले नेपाल प्रहरीलाई आक्षेपमुक्त बनाउन आफू सदैव सचेत रहेको पनि स्मरण गराए ।

प्रहरी महानिरीक्षक खनालले प्रधानमन्त्री ओलीको गतिशील संरक्षकत्वले प्रहरी संगठनलाई प्रभावकारी बनाउन प्रेरणा दिएको पनि उल्लेख गरे ।

प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरीले अपराध नियन्त्रणका लागि सूचना र प्रविधिको विकासमा जोड दिएको पनि बताए ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...