News Portal

  • प्रदेश १ बजेट : सडक, पूर्वाधार तथा सहरी विकासका लागि १२ अर्ब ४१ करोड ४२ लाख बजेट

    हिमालीसंचार संवाददाता
    २८० पटक

    विराटनगर – प्रदेश १ सरकारले सडक, पूर्वाधार तथा सहरी विकासका लागि १२ अर्ब ४१ करोड ४२ लाख बजेट विनियोजन गरेको छ । प्रदेश १ प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशको ६६ वटा प्रादेशिक लोक मार्गलाई प्राथमिकता दिँदै पूर्वाधारमा सो रकम छुट्ट्याएका हुन् ।

    आङ्बोले प्रादेशिक लोक मार्गका लागि मात्रै ५ अर्ब रकम विनियोजन गरेका छन् ।  बजेट वक्तव्यका क्रममा आङ्बोले १५ वटा महत्वपूर्ण राजमार्गलाई प्रदेशस्तरमा स्तरोन्नति गरिने उल्लेख गरे ।

    यस्तै हिमाली तथा पहाडी क्षेत्रमा नदीमा १ सय वटा पुल निर्माण गर्न २० करोड, ग्रामीण पहुँच सुधार कार्यक्रमका लागि १० करोड, विभिन्न नदीमा १० वटा बेलिब्रिज सञ्चालनका लागि ८ करोड रकम विनियोजन गरेको उल्लेख गरे । 

    यस्तै विराटनगर, इटहरी र धरानलाई आधुनिक शहर निर्माण गर्न वृहत गुरुयोजना तयार गरी निर्माण कार्य आरम्भ गरिने, इटहरीको टेंग्रा खोलालाई बुढी खोलामा मिसाउने अध्ययन गरिने, विराटनगरको केशलिया र सिंघीय खोलाको किनारलाई सौन्दर्यकरण गरिने, विराटनगरको ढल निकासको लागि सम्भाव्यता अध्ययन गरिने, जनता आवास कार्यक्रम अनुसार प्रदेश १ मा २ हजार ४ सय घर निर्माण गर्न २५ करोड रकम विनियोजन गरिएको छ । 

    यस्तै आङ्बोले प्रदेश १ मा इन्जिनियरिङ प्रशिक्षण केन्द्र निर्माण गरिने उल्लेख गरेका छन् । यस्तै नयाँ प्रविधिमा आधारित सगरमाथा द्रुत मार्गको सम्भाव्यता अध्ययन गर्ने र पूर्वाधार निर्माणमा गुणस्तर कायम गर्न २ वटा परीक्षण प्रयोगशाला सञ्चालन गरिने भएको छ । आङ्बोले प्रदेशसभा निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत ९० करोड बजेट विनियोजन गरेको उल्लेख गरे । 

    चालू आर्थिक वर्षका लागि भने प्रदेश सरकारले भौतिक पूर्वाधार तथा यातायात क्षेत्रका लागि १३ अर्ब २१ करोड बजेट विनियोजन गरेको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    श्री पशुपतिनाथ शन्तानेश्वर महादेव मन्दिरको भव्य उद्घाटन सम्पन्न

    समीर कुमार अधिकारी (द्रुपद)/ काठमाडौं १० –  २०८२ साल कात्तिक ९ गते, आइतबार (पंन्चमी तिथी)...

    आज २०८२ साल कार्तिक १० गतेको राशिफल

    आज कार्तिक १०, २०८२ (अक्टोबर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गङगाजमुना ५ फूलखर्क ठोट्ने पानीमा शन्तानेश्वर महादेब मन्दिरको उदघाटन सप्पन्

    गङगाजमुना -कात्तिक २०८२ कात्तिक ९ गते आइतबार पंन्चमी तिथीको दिन ठोट्नेपानीमा निर्मित श्री पशुपतिनाथ शन्तानेश्वर माहादेब...

    साथी

    कविता साथी “सुःखमा आउनेहरु मैले चाहेको दुःखमा आउनेहरू मलाई चाहेको मिठा तिता बचनहरू मैले खाएको...

    स्वास्थ्यमन्त्री शर्माको चेतावनी : “कहीं कतैबाट पनि भ्रष्टाचार भएको सुन्न नपरोस्”

    काठमाडौं, कात्तिक ९ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी नवनियुक्त मन्त्री डा. सुधा शर्मा गौतमले मन्त्रालयका...