News Portal

गैरआवासीय श्रमिकका भिसा नविकरण रद्ध गरी, स्थानीय श्रमिकलाई अबसर दिनुस् : सांसद कौटिन्हो

हिमालीसंचार संवाददाता
३८६ पटक

ऐजेन्सी – मकाउका सांसद जोसे परेरा काउटिन्होले गैरआवासीय कामदारहरू विशेष गरी गैर-विशिष्ट व्यक्तिहरूको भिसा नविकरण नगरी मकाउका स्थानीय बासिन्दाहरूका लागि प्राथमिकता दिई रोजगारीको सुनिश्चित गरी कार्यान्वयन गर्नका लागि मकाउ सरकारसँग पुन: अनुरोध गरेका छन् ।

मकाउका स्थानीय संचारमाध्यम टिडिएमले आज यो समाचार लेखेको छ। सांसद कौटिन्होले कोभिड-१९ महामारीका कारण आर्थिक प्रभाव र श्रम बजारमा आएको ह्रासको कारण मकाउमा स्थानीय बेरोजगार दर सन् २००९ उच्च रेकर्ड तोडेर ४.५% पुगेको उल्लेख गर्दै मकाउ सरकारलाई सांसद कौटिन्होले पुन: स्मरण गराउदै दबाब दिएका हुन्। 

त्यस्तै, श्रम मामिला ब्यूरोको तथ्यांकलाई उद्धत गर्दै, सांसद कौटिन्होले गैरआवासीय कामदारहरूको संख्या अझै पनी सक्रिय श्रम जनसंख्याको आधा प्रतिनिधित्व गर्दछ। लगभग १७० हजार गैरआवासीय कामदारहरु रहेको उल्लेख गर्दै मकाउ सरकारले स्थानीय श्रमिकका लागि प्राथामिकता नदिएको बताउदै स्थानीय श्रम ऐन कार्यन्वयन नगरेको मकाउ सरकारलाई आरोप लगाए।  

श्रम मामिला ब्यूरोका अनुसार मकाउमा आवश्यक जनशक्ति अपुग हुदा मात्र गैरआवासीय नागरिकका लागि रोजगार दिन सकिन्छ। उनीहरु अस्थायी पूरक हुन्। सांसद कौटिन्होले विगतका श्रमशक्तिको अभाव पूर्तिको रूपमा श्रम आयात आएको स्मरण गराउदै विशेष गरी स्थानीय कामदारहरूले काम गर्न सक्ने कामका लागि अबसर नदिएको अझै गैरआवासीय कामदारहरूका लागि निरन्तर अबसर प्रदान गरिरहेको भन्दै सरकारको आलोचना गरे।  

मकाउका ठुला उद्यमहरूले ठुलो संख्यामा गैरआवासीय कोटा प्राप्त गर्न सक्ने आशंका व्यक्त गर्दै सांसद कौटिन्होले श्रम कोटा न्यायोचित र उचित रूपमा वितरण गर्नु पर्ने जोड दिए। सासंद कौटिन्होले अहिले यस्तो परिस्थिमा ठुला कम्पनीहरुसंग श्रम कोटाका एकाधिकारमा ध्यान दिन, अप्टिमाइज गर्न अधिकारीहरूलाई आग्रह गरेका थिए। 

प्रतिकृया दिनुहोस्

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...