News Portal

आमिरको घर अबेर राति किन गइन् दीपिका पादुकोण ?

५८९ पटक

लामो समयदेखि अभिनेत्री दीपिका पादुकोण आमिर खानको फिल्म ‘महाभारत’ मा द्रौपदीको भूमिका निर्वाह गर्ने खबर आइरहेको छ । यसैबीच सोमबार अबेर राति दीपिका पादुकोण आमिर खानलाई भेट्न उनको घर गएको खबर यतिबेला चर्चाको विषय बनेको छ ।

दीपिका पादुकोणका साथ निर्देशक विक्रमादित्य मोटवानी र सिद्धार्थ रोय कपूर पनि आमिर खानको घर गएका थिए । अहिले यि तीनैजना आमिरको घर गएको खबरलाई विभिन्न अड्कलहरु गरिन थालिएको छ । दीपिका आमिरका साथ अब आउने फिल्मको विषयमा कुराकानी गर्न गएको हुन सक्ने पनि बताइएको छ तर आमिर खानको फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ नोभेम्बर ८ मा प्रर्दशन हुने भएकाले यस कुराको आधिकारीक घोषणा केही समय पछि मात्रै गरिनेछ ।

अहिलेसम्म दीपिका पादुकोण र आमिर खान एकसाथ फिल्ममा काम गरेका छैनन् । यदी दीपिकाले ‘महाभारत’ मा काम गर्ने भएमा आमिर र दीपिकाका फ्यानहरुलाई यो निकै उत्साहजनक हुनेछ । फिल्म ‘महाभारत’ आमिर खानको प्रोडक्शन हाउसमा बन्न लागेको छ ।

यो फिल्म एक हजार करोड रुपैयाँको लगानीमा बन्नेछ । आमिर खान र चाइनिज कम्पनी मिलेर यस फिल्मको निर्माण गर्ने तयारीमा छन् । आमिर र चाइनिज कम्पनी मिलेर फिल्म ‘महाभारत’लाई हलिउडको ‘लर्ड अफ द रिङ्ग’ वा ‘गेम अफ थ्रोन’ को जस्तै भव्य रुपमा निमार्ण गरिने निर्णय गरेका छन् । फिल्म ‘महाभारत’ ५ वर्षमा ५ भागमा देखाइनेछ ।

केही समय अघि सार्वजनिक खबरहरुका अनुसार अभिनेता आमिर खानले बाहुबली स्टार प्रभासलाई कृष्णको भूमिकाको लागि प्रस्ताव राखेका थिए । आमिर आफू भने कुन भूमिकामा अभिनय गर्ने भन्ने अलमलमा छन् । आमिरले सुरुमा कृष्णको भूमिकाको लागि रुची राखे पनि पछि उनी कर्णको भूमिकामा अभिनय गर्न सक्ने चर्चा रहेको छ । उज्यालोबाट

प्रतिकृया दिनुहोस्

रंगेलीमा काद सिरुवा पर्व तथा सांस्कृतिक कार्यक्रम सम्पन्न, परम्परा जोगाउन आग्रह

मोरङको रंगेली नगरपालिका–८ स्थित दरवेशा चोकमा राजवंशी समाज विकास समितिले नयाँ वर्षको अवसरमा काद सिरुवा...

शीर्षक: नेपाली कांग्रेस भित्र विवाद चर्कियो: खड्काद्वारा ‘कार्यवाहक सभापति’ हैसियतमा विज्ञप्ति

काठमाडौं -नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद थप चर्किएको छ। पार्टीभित्र स्पष्ट रूपमा दुई धार देखिएको...

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटलमा तालाबन्दी

काठमाडौं, ३० चैत — समाज कल्याण परिषद् अन्तर्गत सञ्चालनमा रहेको भृकुटीमण्डप क्षेत्रमा लामो समयदेखि भाडा...

गृहमन्त्रीको भनाइप्रति रक्षा बमको आपत्ति, गरिबीलाई दोष दिन नहुने टिप्पणी

काठमाडौं, ३० चैत – गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर जेनजी अभियन्ता रक्षा बमले असन्तुष्टि...

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...