News Portal

र्‍याफ्टिङ एजेन्सीको अध्यक्षमा शिव अधिकारी

हिमालीसंचार संवाददाता
५१२ पटक

काठमाडौं – जल पर्यटनमा काम गर्ने र्‍याफ्टिङ व्यवसायीको छाता संगठन नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज् (नारा)को अध्यक्षमा पर्यटन व्यवसायी शिव अधिकारी सर्वसम्मत निर्वाचित भएको छ।

शुक्रबार भएको ३३ औं साधारणसभाबाट अधिकारीसहित पदाधिकारी सर्वसम्मत छानिएका हुन् । नाराको उपाध्यक्षमा शिशिर खनाल, महासचिवमा नारायण श्रेष्ठ, सचिवमा राजु खड्का, कोषाध्यक्षमा राजेन्द्र थपलिया, सहकोषाध्यक्षमा इन्दुदेवी वाग्ले र सदस्यहरुमा मदन ढकाल र महेन्द्र श्रेष्ठ छानिनु भएको छ ।

एडरिफ्ट एडभेन्चरका संञ्चालक रहेका नवनिर्वाचित अध्यक्ष अधिकारीले पर्यटन क्षेत्रमा रहेका समस्या समाधान गर्ने र यो क्षेत्रको प्रचारप्रसार तथा विकासका लागि आफुले सकेको प्रयास गर्ने बताउनु भयो ।

विश्वभरका साना ठूला गरी ६ हजार नदीनालामध्ये एडभेन्चर क्षेत्रका १० उत्कृष्ट नदीमध्ये सातौंमा नेपालको भोटेकोसी र सुनकोसी नदी पर्ने सिन्धुपाल्चोकमा नाराको ३३ औं साधारण सभा आयोजना भएको थियोे।

प्रतिकृया दिनुहोस्

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...

कुवेतमा राप्रपाको भातृ संगठन ‘पानस’को तदर्थ समिति गठन संयोजकमा राम न्यौपाने

कुवेत– राष्ट्रिय प्रजातन्त्र पार्टी (रा:प्र:पा:) को भातृ संगठन प्रवासी नेपाली एकता समाज (पानस) को तदर्थ...