News Portal

वाइवाइ अन्तर्राष्ट्रिय बजारमा, फहरायो इजिप्टमा नेपालको राष्ट्रिय झण्डा !

हिमालीसंचार संवाददाता
४८२ पटक

काठमाडौं। सिजी कर्प ग्लोबलले इजिप्टमा चन्द्रसूर्य अंकित नेपाली राष्ट्रिय झण्डा फहराएको छ। नेपालको विश्वब्यापी लोकप्रिय ब्राण्ड वाइवाइको इजिप्टमा प्लान्ट स्थापना गर्ने योजना कार्यान्वयनसँगै त्यहाँ नेपाली झण्डा पनि फहराएको हो।

सिजी कर्प ग्लोबल नेपालका एक्ला अर्बपति विनोद चौधरीका गैर आवासीय नेपाली (एनआरएनए) छोराहरुद्वारा प्रवर्द्धित कम्पनी हो। उक्त कम्पनीले विश्वब्यापी रुपमा वाइवाइको विस्तारका अतिरिक्त हस्पिटालिटी क्षेत्रमा लगानी गर्नुका साथै सिजीलाई एसियाको एक द्रुततर गतिमा सफलता हासिल गर्ने कम्पनीका रुपमा स्थापित गरेको छ।

विनोद चौधरी अहिले नेपाली कांग्रेसको नेताका रुपमा राजनीतिमा सक्रिय छन्। बिहीवार इजिप्टको बेनिसफमा आयोजित एक कार्यक्रमकाबीच वाइवाइ प्लान्टको शिलान्यास गरिएको हो। इजिप्टस्थित नेपाली दूतावासका चार्ज डि अफेयर्स दीपक घिमिरे र सीजी कर्प ग्लोबलका वरिष्ठ अधिकारीहरु उक्त कार्यक्रममा सहभागी थिए।

वाइवाइको प्लान्ट शिलान्याससंगै उद्योग स्थापना हुने ठाउँमा नेपालको राष्ट्रिय झण्डा राखिएको छ। सिजी कर्प ग्लोबलले विश्वब्यापी आफ्ना आइकनिक प्रोपर्टीहरूमा नेपालको झण्डा फहराइरहेको कम्पनीले जनाएको छ।

दुवईस्थित जेएलटी होटल, काजखस्थित वाइवाइ प्लान्ट लगायतका ठाउँहरुमा यसअघि नै नेपाली झण्डाले नेपालको शान बढाइरहेको छ।

वाइवाइ अन्तर्राष्ट्रिय बजारमा नेपालको सबैभन्दा प्रख्यात ब्राण्ड हो। नेपाल, भारत, बंगलादेश, युरोप, युरेसिया, सेन्ट्रल एसियाबाट वाइवाइ उत्पादन हुदै आएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...