News Portal

  • धरानका नगर प्रमुख राईद्वारा खानेपानीको मुहान अवलोकन, कम्जोरी सच्याउने र फोहोर गर्न नदिने निर्देशन

    हिमालीसंचार संवाददाता
    ४६७ पटक

    धरान – धरान उपमहानगरपालिका धरानका नवनियुक्त नगर प्रमुख हर्कराज राई (साम्पाङ) खानेपानीको फिल्डमा खटिएका छन् । स्थानीय तहको निर्वाचनको नतिजा सार्वजनिक भएपछि देशभरका अधिकांश नगर प्रमुखहरुले आफ्नो  विजयको खुशियाली मनाइरहँदा धरानका नगर प्रमुख राईले भने धरानको मुख्य समस्य रहेको खानेपानीको मुहान पुगेर सरसफाई गर्न निर्देशन दिएका छन् ।

    नगर प्रमुख राईले आज धरानको खानेपानी मुहानमा पुगेर कम्जोरी सच्याउने र फोहोर गर्न नदिने निर्देशन दिएका हुन् । उनी अविर सहितको सेतो सर्टमा सरसफाईमा सक्रिय भएका थिए। 

    नगर प्रमुख राईले आफ्नो पहिलो उद्देश्य धरानको खानेपानीको समस्या समाधान गर्नु रहेको बताइसकेका छन् । उनले चुनावमा जितेपछि खुशी मनाउने भन्दा पनी धरानका हरेक साना साना समस्याहरुको समाधान गर्न लाग्ने बताएका छन्। नगर भित्र कुनै समस्या देखिए वा समस्या भएमा आफुलाई सम्पर्क गर्न अनुरोध गरेका छन् । 

    तस्वीर नगर प्रमुख राईको फेसबुकपेजबाट

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रचण्डले बताए माओवादी सक्रियताका साथ निर्वाचनमा भाग लिने

    काठमाडौं, असोज २०  – नेकपा माओवादी केन्द्रका पूर्वअध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी आगामी निर्वाचनमा सक्रियताका...

    ओली र लेखक पक्राउको माग गर्दै सुदन गुरुङको ह्याशट्याग अभियान सुरु

    काठमाडौँ, असोज २० – जेनजी आन्दोलनका क्रममा भएको दमनको विरोधस्वरूप ‘हामी नेपाल’ का संयोजक सुदन...

    एमालेभित्र नेतृत्वको बहस चर्किँदै, ११औं महाधिवेशनको तयारी तीव्र

    काठमाडौं, असोज २० – नेकपा एमालेभित्र जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनबारेको बहस तीव्र बनेको छ। अध्यक्ष केपी...

    युवा शक्ति टीम कुवेतद्वारा नेपाली दूतावासमा ज्ञापनपत्र बुझाए

    कुवेत – नेपाली श्रमिकहरूको हक हित,सुरक्षा र समस्याहरूको समाधानको माग गर्दै कुवेतस्थित युवा शक्ति टीम कुवेतले नेपाली...

    आज २०८२ साल असोज २० गतेको राशिफल

    आज असोज २०, २०८२ (अक्टोबर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...