News Portal

धरानका नगर प्रमुख राईद्वारा खानेपानीको मुहान अवलोकन, कम्जोरी सच्याउने र फोहोर गर्न नदिने निर्देशन

हिमालीसंचार संवाददाता
५०८ पटक

धरान – धरान उपमहानगरपालिका धरानका नवनियुक्त नगर प्रमुख हर्कराज राई (साम्पाङ) खानेपानीको फिल्डमा खटिएका छन् । स्थानीय तहको निर्वाचनको नतिजा सार्वजनिक भएपछि देशभरका अधिकांश नगर प्रमुखहरुले आफ्नो  विजयको खुशियाली मनाइरहँदा धरानका नगर प्रमुख राईले भने धरानको मुख्य समस्य रहेको खानेपानीको मुहान पुगेर सरसफाई गर्न निर्देशन दिएका छन् ।

नगर प्रमुख राईले आज धरानको खानेपानी मुहानमा पुगेर कम्जोरी सच्याउने र फोहोर गर्न नदिने निर्देशन दिएका हुन् । उनी अविर सहितको सेतो सर्टमा सरसफाईमा सक्रिय भएका थिए। 

नगर प्रमुख राईले आफ्नो पहिलो उद्देश्य धरानको खानेपानीको समस्या समाधान गर्नु रहेको बताइसकेका छन् । उनले चुनावमा जितेपछि खुशी मनाउने भन्दा पनी धरानका हरेक साना साना समस्याहरुको समाधान गर्न लाग्ने बताएका छन्। नगर भित्र कुनै समस्या देखिए वा समस्या भएमा आफुलाई सम्पर्क गर्न अनुरोध गरेका छन् । 

तस्वीर नगर प्रमुख राईको फेसबुकपेजबाट

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...