News Portal

धरान उपमहानगरपालिकाको उपमेयरमा माओवादीका बेघा, मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ निर्वाचित

हिमालीसंचार संवाददाता
५३२ पटक

धरान – स्थानीय तहका निर्वाचनमा मुलुकभर फरक शैली र फरक परिवेशमा अनौठो दृश्य देखियो। धरान उपमहानगरपालिका धरानको सन्दर्भमा पनी प्रमुख राजनैतिक दलका उम्मेदवार, कम्युनिष्ट लाल किल्ला भनिएका कम्युनिष्ट गढभित्र धरानका मेयर पदका सामाजिक अभियन्ता स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले २०८२९ मत प्राप्त गरी धरान नगरको मेयर पदमा अत्याधिक मतसहित निर्वाचित भएका छन। 

सत्तारुढ पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार किशोर राईले १६०५९ मत प्राप्त गरेका थिए। उनका प्रत्यासी कांग्रेसका मेयर पदका उम्मेदवार राई ४७७० मतको मतान्तरले पराजीत भए। त्यस्तै नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारीले १२८२५ मतको प्राप्त गरेकी छिन्। स्वतन्त्र उम्मेदवार साम्पाङ र एमालेकी भण्डारी बिचको ८००४ मतको मतान्तर रहेको छ। 

त्यस्तै, उपमेयर तर्फ सत्तारुढ पाँच दलीय गठबन्धनबाट नेकपा माओवादी केन्दका उपमेयर पदका उम्मेदवार अइन्द्रबिक्रम बेघाले २०५१० मत प्राप्त गरी उपमेयरमा निर्वाचित भए। उनका निकतम प्रतिद्वन्दी एमाले उपमेयर पदका उम्मेदवार पदम इस्वोले १७६०६ मत प्राप्त गरी पराजित भए। उनीहरु विचको २९०४ मतको मतान्तर रहरेको छ। 

पञ्चायतकालदेखि ०७४ सम्मको निर्वाचनमा कम्युनिष्टले नै जितेकाले धरान वामपन्थी गढ मानिन्छ । एमालेका लागि इतिहास फर्काउने अवसर र कांग्रेसका लागि ०७६ को उपनिर्वाचनको जित कायम गरी अर्को इतिहास निर्माण गर्ने अवसरका रूपमा चर्चा भइरहँदा सामाजिक अभियन्ताको परिचय बनाएका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अर्कै इतिहास रचेको छ ।

हर्क साम्पाङसंग पार्टी पनि नभएको र संगठन पनि नभएकाले धरानका २० वटा वडामध्ये कतिपय वडाहरुमा त भोट माग्न पनि जानसम्म भ्याएनन् । उनी नपुगेका वडाहरुबाट उनले अपेक्षा गरेभन्दा बढी भोट प्राप्त गरी उनी निर्वाचित भए ।

हर्क साम्पाङ लामो समय राजनीति गरेका व्यक्ति होइनन् । ०७४ को उपनिर्वाचनमा मेयर पदको उम्मेदवार हुदा ४२२ मत प्राप्त गरेका युवा हुन्। वैदेशिक रोजगारमा करिब आधा दशक बिताएर स्वदेश फर्केका उनी धरानको खानेपानी समस्या र वीपी प्रतिष्ठान भित्रको सुधारका दुईसूत्रीय एजेन्डा बनाएर अघि बढेका थिए । अहिले स्थानीय तहको चुनावमा पनि उनले यही एजेन्डालाई मुखर बनाएर प्रतिस्पर्धामा उत्रिए र निर्वाचित भए । 

धरान उपमहानगरपालिका धरानमा २० वटा वडाहरु रहेको नगरमा कुल मतदाता संख्या १ लाख ३ सय २४ मतदाता रहेको छ। स्थानीय तहका निर्वाचनमा ६२ हजार ८ सय ९७ मत खसेको थिए।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...