News Portal

इटहरी उपमहानगरपालिका इटहरीको मेयरमा कांग्रेसका हेमकर्ण पौडेल निर्वाचित

हिमालीसंचार संवाददाता
४०९ पटक

इटहरी – सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका इटहरीका मेयरमा नेपाली कांग्रेसका हेमकर्ण पौडेलले ३३०४९ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

उनका प्रतिद्वन्दी नेकपा एमालेका यामकुमार चुङ्गवाङ सुब्बालाई ५०१८ मतान्तरले हराएर उनी मेयर बनेका हुन् । निर्वाचित पौडेलले ३३०४९ मत ल्याउँदा सुब्बाले २८०३१ मत प्राप्त गरेका थिए। त्यस्तै, राप्रपाको आकाश लिम्बुले ३९०८ मत प्राप्त गरेका गरे।

त्यस्तै, उपमेयरमा एमालेकी संगीताकुमारी चौधरीले ३२४३६ मत प्राप्त गरी निर्वाचित भएकी छन् । सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका केशवकुमार विष्टलाई हराउँदै चौधरी उपमेयरमा निर्वाचित भएकी हुन् । निर्वाचित चौधरीले ३२४३६ मत पाउँदा विष्टले १८०३१ मत प्राप्त गरी पराजीत भएका हुन्। 

इटहरीमा २० वटा वडाहरु रहेको नगरमा नेपाली काँग्रेसले मेयर जितेको छ तर बहुमत प्राप्त गर्न सकेन । ०७४ को स्थानीय तहको निर्वाचनमा १२ वटा वडा जितेको काँग्रेसले यस पटक ४ वटामा वडा मात्र जितेको छ भने एमालेले १५ वटा वडा जितेको छ । एउटा वडामा स्वतन्त्र उम्मेदवार निर्वाचित भएको छ। 

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...