News Portal

धरान अपडेट: हर्क साम्पाङको निरन्तर अग्रता कायमै, राई भन्दा साम्पाङ २८४४ मतले अगाडि

हिमालीसंचार संवाददाता
५५८ पटक

धरान – धरान उपमहानगरपालिका धरानको मतगणनाको पछिल्लो अपडेट अनुसार ५०१०१ मतगणना सम्पन्न हुँदा मेयर पदका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले १६०२६ मत प्राप्त गरी निरन्तर अग्रता कायम गरेका छन् ।

गठबन्धनबाट नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार किशोर राईले १३१८२ मत प्राप्त गरेका छन्। मेयर पदको स्वतन्त्र उम्मेदवार साम्पाङ २८४४ मत सहित अगाडि रहेका छन् । नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारी सुवेदीले १०६२२ मत प्राप्त गरेकी छिन् । एमालेकी भण्डारी भन्दा मेयर पदको स्वतन्त्र उम्मेदवार साम्पाङ ५४०४ मतले अगाडि रहेका छन् । 

त्यस्तै, उपमेयरमा गठबन्धनबाट नेकपा माओवादीका उम्मेदवार अइन्द्रबिक्रम बेघाले १६०२६ मत प्राप्त गरी निरन्तर अग्रता कायम राखेका छन् । एमाले उपमेयर पदका उम्मेदवार पदम इस्वोले १४४३१ मत प्राप्त गरेका छन् । अहिले धरान वडा नं. १५, १६ र १७ को मतगणना भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

प्रतिकृया दिनुहोस्

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...

आज २०८२ साल पुष १८ गतेको राशिफल

आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...