News Portal

रंगेलीको मतगणना अहिले साँझदेखि मतगणना सुचारु गर्ने निर्णय

हिमालीसंचार संवाददाता
३८७ पटक

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिका वडा नं. ७ को मतगणना कार्य भइरहेको अबस्थामा सो वडाको ५ वटा मतदान केन्द्रमा मतदान भएको मतपत्रको संख्या भन्दा १०८ मतपत्र बढी रहेको विषयमा विवाद सृजना स्थगित रहेको मतगणना आज बसेको सर्वदलिय बैठकले अहिले साँझ १७ः३० बजेदेखि सुचारु गर्ने निर्णय भएको छ।

रंगेला नगरपालिकामा विवादका कारण  पुनः स्थगित भएको मतगणना निर्वाचन आयोग नेपालको निर्णय अनुसार प्रादेशिक निर्वाचन अधिकारी लोवन काश्य अधिकारीको संयोजकत्वमा खटिएको तीन सदस्यीय टोलीले उम्मेदवार र मतगणना प्रतिनिधिको रोहवरमा मतपत्र र तंथ्याङको गणना गर्दा २.४०५ थान गणना गरी सिलबन्दी गरिएको २०३३ थान र गणना गरी सिलबन्दी गर्न बाकी रहेको ३७२ थान मतपत्रको मतगणना भइसकेको र ७३६ थान मतपत्र गणना गर्न बाकी रहेको तर भुलबस कम्प्युटरमा कच्चा अभिलेखमा गणना भएको मतपत्र संख्या भन्दा बढी १०० थान मतपत्रको अभिलेख दोहोरो जनिन गएको भनी मुचुल्का तयार गरी निर्वाचन कार्यालयलाई दिएको थियो। मतपत्र ३,२४२ रहेकोमा हाल गणना गर्दा ३,२४१ मतपत्र रहेको देखिएको हुदा मतदान भएको मतपत्रको संख्या भन्दा बढी मतपत्र नभएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। 

आयोगको अनुगमन टोलीका संयोजक दिर्धराज मैनाली, आयोगबाट तथ्यांक केलाउन संयोजकको रुपमा आएका लेवन काश्य अधिकारी, सदस्य प्रविणा ढकाल, सदस्य सन्तोष धिमिरे र दलका प्रतिनिधिहरुको रोहबरमा अहिले साँझ १७ः३० बजेबाट मतगणना सुचारु गर्ने सहमति भए अनुसार रंगेली नगरको मतगणना पुन सुचारु गर्ने निर्णय भएको निर्वाचन अधिकृत रामहरी काफ्लेले जानकारी दिए। उनले सबैदलका प्रतिनिधिहरुलाई मतगणना स्थल जनता बहुमुखि क्याम्पस रंगेलीमा उपस्थितका अनुरोध समेत गरेका छन् । 

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...