News Portal

रंगेलीको मतगणना अहिले साँझदेखि मतगणना सुचारु गर्ने निर्णय

हिमालीसंचार संवाददाता
२७६ पटक

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिका वडा नं. ७ को मतगणना कार्य भइरहेको अबस्थामा सो वडाको ५ वटा मतदान केन्द्रमा मतदान भएको मतपत्रको संख्या भन्दा १०८ मतपत्र बढी रहेको विषयमा विवाद सृजना स्थगित रहेको मतगणना आज बसेको सर्वदलिय बैठकले अहिले साँझ १७ः३० बजेदेखि सुचारु गर्ने निर्णय भएको छ।

रंगेला नगरपालिकामा विवादका कारण  पुनः स्थगित भएको मतगणना निर्वाचन आयोग नेपालको निर्णय अनुसार प्रादेशिक निर्वाचन अधिकारी लोवन काश्य अधिकारीको संयोजकत्वमा खटिएको तीन सदस्यीय टोलीले उम्मेदवार र मतगणना प्रतिनिधिको रोहवरमा मतपत्र र तंथ्याङको गणना गर्दा २.४०५ थान गणना गरी सिलबन्दी गरिएको २०३३ थान र गणना गरी सिलबन्दी गर्न बाकी रहेको ३७२ थान मतपत्रको मतगणना भइसकेको र ७३६ थान मतपत्र गणना गर्न बाकी रहेको तर भुलबस कम्प्युटरमा कच्चा अभिलेखमा गणना भएको मतपत्र संख्या भन्दा बढी १०० थान मतपत्रको अभिलेख दोहोरो जनिन गएको भनी मुचुल्का तयार गरी निर्वाचन कार्यालयलाई दिएको थियो। मतपत्र ३,२४२ रहेकोमा हाल गणना गर्दा ३,२४१ मतपत्र रहेको देखिएको हुदा मतदान भएको मतपत्रको संख्या भन्दा बढी मतपत्र नभएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। 

आयोगको अनुगमन टोलीका संयोजक दिर्धराज मैनाली, आयोगबाट तथ्यांक केलाउन संयोजकको रुपमा आएका लेवन काश्य अधिकारी, सदस्य प्रविणा ढकाल, सदस्य सन्तोष धिमिरे र दलका प्रतिनिधिहरुको रोहबरमा अहिले साँझ १७ः३० बजेबाट मतगणना सुचारु गर्ने सहमति भए अनुसार रंगेली नगरको मतगणना पुन सुचारु गर्ने निर्णय भएको निर्वाचन अधिकृत रामहरी काफ्लेले जानकारी दिए। उनले सबैदलका प्रतिनिधिहरुलाई मतगणना स्थल जनता बहुमुखि क्याम्पस रंगेलीमा उपस्थितका अनुरोध समेत गरेका छन् । 

प्रतिकृया दिनुहोस्

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...

आज २०८२ साल पुष १८ गतेको राशिफल

आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...