News Portal

धरान अपडेटः स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको अग्रता कायमै, भण्डारी तेस्रो स्थानमा

मेयर पदका उम्मेदवार किशोर राईभन्दा २६६७ मतको अग्रता

हिमालीसंचार संवाददाता
९६१ पटक

धरान – धरान उपमहानगरपालिका धरानमा ४७०९५ मत गणना हुदा मेयर पदको स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले १५०७७ मत प्राप्त गरी उच्च गतिको अग्रता कायम गरिरहेका छन् ।

गठबन्धनबाट नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार किशोर राईले १२४१० मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी मञ्जु भण्डारी सुवेदीले १०११२ मत प्राप्त गरी स्वतन्त्र उम्मेदवार साम्पाङ र नेपाली कांग्रेसका उम्मेदवार राईलाई पछ्याई रहेकी छिन्। 

मेयर तर्फ स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ र नेपाली कांग्रेसका उम्मेदवार किशोर राई बिचको २६६७ मतको मतान्तार छ। त्यस्तै, स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ र नेकपा एमालेकी मञ्जु भण्डारी सुवेदी बिचको ४९६५ मतको फराकिलो मतान्तर रहेको छ। 

त्यस्तै, उपमेयर तर्फ गठबन्धनको उम्मेदवार अइन्द्रबिक्रम बेघाले १४९७९ मत प्राप्त गरी अग्रता कायमै राखेका छन्। एमाले उम्मेदवार पदम इस्वोले १३७२६ मत प्राप्त गरेका छन् । उनीहरु बिचको १२५३ मतको मतान्तर रहेको छ। अहिले वडा नं. १५ र १६ को मतगणना भइरहेको निर्वाचन आयोगको कार्यालयले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २० गतेको राशिफल

आज चैत २०, २०८२ ( अप्रिल ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...