News Portal

  • धरान अपडेटः स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको अग्रता कायमै, भण्डारी तेस्रो स्थानमा

    मेयर पदका उम्मेदवार किशोर राईभन्दा २६६७ मतको अग्रता

    हिमालीसंचार संवाददाता
    ८७३ पटक

    धरान – धरान उपमहानगरपालिका धरानमा ४७०९५ मत गणना हुदा मेयर पदको स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले १५०७७ मत प्राप्त गरी उच्च गतिको अग्रता कायम गरिरहेका छन् ।

    गठबन्धनबाट नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार किशोर राईले १२४१० मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी मञ्जु भण्डारी सुवेदीले १०११२ मत प्राप्त गरी स्वतन्त्र उम्मेदवार साम्पाङ र नेपाली कांग्रेसका उम्मेदवार राईलाई पछ्याई रहेकी छिन्। 

    मेयर तर्फ स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ र नेपाली कांग्रेसका उम्मेदवार किशोर राई बिचको २६६७ मतको मतान्तार छ। त्यस्तै, स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ र नेकपा एमालेकी मञ्जु भण्डारी सुवेदी बिचको ४९६५ मतको फराकिलो मतान्तर रहेको छ। 

    त्यस्तै, उपमेयर तर्फ गठबन्धनको उम्मेदवार अइन्द्रबिक्रम बेघाले १४९७९ मत प्राप्त गरी अग्रता कायमै राखेका छन्। एमाले उम्मेदवार पदम इस्वोले १३७२६ मत प्राप्त गरेका छन् । उनीहरु बिचको १२५३ मतको मतान्तर रहेको छ। अहिले वडा नं. १५ र १६ को मतगणना भइरहेको निर्वाचन आयोगको कार्यालयले जानकारी दिएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    मधेशमा मुख्यमन्त्रीलाई काम गर्न देऊ भन्दै एमाले सडकमा

    जनकपुरधाम, मंसिर २ – मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई जिम्मेवारी निर्विध्न रूपमा पूरा गर्न...

    आज २०८२ साल मंसिर २ गतेको राशिफल

    आज मंसिर २, २०८२ (नोभेम्बर १८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    सामाजिक सञ्जालमै टिकट बाँडफाँड, कति विश्वसनीय?

    काठमाडौं –  नेपालमा उदाउँदै गरेका कतिपय नयाँ राजनीतिक दलका नेताहरू सामाजिक सञ्जालमा अत्यधिक सक्रिय हुँदै...

    बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड

    बंगलादेश, मंसिर १ – बंगलादेशकी निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा दोषी ठहर गर्दै...

    ललितपुरमा २१ लाख बराबरको चोरी, ३ मुख्य आरोपी पक्राउ

    ललितपुर, मंसिर १ – ललितपुरको इमाडोलमा २१ लाख ८३ हजार रुपैयाँ बराबरको चोरी भएको घटनामा प्रहरीले...