News Portal

एआईजी बने वसन्त लामा, आईजीपी सिंहले लगाइदिए दर्ज्यानी चिन्ह

हिमालीसंचार संवाददाता
३८० पटक

काठमाडौँ। सरकारले नेपाल प्रहरीका डीआईजी वसन्त कुमार लामालाई अवकाशमा जानु अघिल्लो दिन एआईजीमा बढुवा गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले लामालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो। सरकारले निर्णय गरेसँगै दिउँसो २ बजे प्रहरी प्रधान कार्यालयमा लामाले दर्ज्यानी चिन्ह लगाएका छन्।

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले लामालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। लामा सिंहकै ब्याची हुन्। २०४९ चैतमा सँगै प्रहरी निरीक्षकमा भर्ना भएपनि लामा उमेर हदका कारण १० महिना पहिले अवकाशमा जाने भएका हुन्।

प्रहरीको एआईजीमा ५६ वर्षे उमेर हद छ। प्रहरी ऐनमा उमेर हद, कार्यावधि र सेवाअवधिका कारण अवकाश जाने व्यवस्था छ। यी व्यवस्था मध्ये लामा उमेर हदका कारण अवकाशमा जान लागेका हुन्।

शनिबार राति १२ बजेसँगै उनी बिदा हुनेछन्। प्रहरी निरीक्षकमा भर्ना हुँदा लामा चौथो नम्बरमा थिए। त्यतिबेला उनीभन्दा अगाडी रहेका उत्तम राज सुवेदी र दिवेश लोहनी  डीआईजी नै छन्। केही दिनमै उनीहरु पनि एआईजी बन्ने छन्। आईजीपी सिंह पहिलो नम्बरमै थिए।

अरूसँगै बढुवा गर्दा लामा डीआईजीबाटै घर जानुपर्ने भएपछि सरकारले उनलाई अवकाश हुनुअघि नै विशिष्ठ श्रेणीमा पुर्‍याएको हो। लामा २०६२ सालमा डीएसपी, २०६९ सालमा एसपी र २०७४ सालमा एसएसपीमा बढुवा भएका थिए।

२०७६ चैतमा १० बढुवा निकाल्दा लामा पनि डीआईजी भएका थिए। चैत पहिलो साता तीन जनालाई एआईजीमा बढुवा गर्दा लामाले पनि लविङ गरेका थिए। तर त्यतिबेला सरकारले वसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई बढुवा गरेको थियो।

यो निर्णयसँगै आश मारेका लामाले घर जाने अघिल्लो दिन सरकारको उपहारमा एआईजीको फूली पाएका हुन्। उनकै ब्याचका अरु भने २०७९ चैतसम्म प्रहरी सेवामा रहने छन्।

प्रतिकृया दिनुहोस्

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...