News Portal

भरतपुर महानगरमा रेनु दाहालको अग्रता कायम, जगन्नाथ ८ हजार नजिक

मेयर पदका उम्मेदवार सुवेदी र दाहालको ३२८४ मतको मतान्तर

हिमालीसंचार संवाददाता
३९८ पटक

चितवन – भरतपुर महानगरपालिकाको भरतपुरमा अहिलेसम्म ५४२४४ मत गणना हुँदा भरतपुर महानगरका मेयर पदका लागि सत्तारुढ गठबन्धनकी उम्मेदवार रेणु दाहालले २० हजार मत कटाएकी छन्। शुक्रबार बिहानसम्ममा दाहालले २०५५७ मत कटाएकी हुन्।

दाहालको निकटतम् प्रतिस्पर्धी एमालेका विजय सुवेदीले १७२७३ मत प्राप्त गरेका छन्। भरतपुरमा ५४२४४ गणना हुँदा रेणु दाहालले ३२८४ मतको अग्रता कायम गरेकी छन्। भरतपुरमा माओवादी केन्द्रकी रेणु दाहाल सत्तारुढ गठबन्धनले टिकट दिएपछि स्वतन्त्र उम्मेदवार बनेका जगन्नाथ पौडेलले ७९०२ मत  प्राप्त गकेका छन्। 

उपमेयरतर्फ कांग्रेसका चित्रसेन अधिकारीले अग्रता लिइरहेका छन्। उनले २३०१९ मत प्राप्त गरेका छन्।  राप्रपाकी हिमला गुरुङले १३७१३ मत प्राप्त गरेकी छन्।

प्रतिकृया दिनुहोस्

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...

आज २०८२ साल पुष १८ गतेको राशिफल

आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...