News Portal

भरतपुर महानगरमा रेनु दाहालको अग्रता कायम, जगन्नाथ ८ हजार नजिक

मेयर पदका उम्मेदवार सुवेदी र दाहालको ३२८४ मतको मतान्तर

हिमालीसंचार संवाददाता
४९६ पटक

चितवन – भरतपुर महानगरपालिकाको भरतपुरमा अहिलेसम्म ५४२४४ मत गणना हुँदा भरतपुर महानगरका मेयर पदका लागि सत्तारुढ गठबन्धनकी उम्मेदवार रेणु दाहालले २० हजार मत कटाएकी छन्। शुक्रबार बिहानसम्ममा दाहालले २०५५७ मत कटाएकी हुन्।

दाहालको निकटतम् प्रतिस्पर्धी एमालेका विजय सुवेदीले १७२७३ मत प्राप्त गरेका छन्। भरतपुरमा ५४२४४ गणना हुँदा रेणु दाहालले ३२८४ मतको अग्रता कायम गरेकी छन्। भरतपुरमा माओवादी केन्द्रकी रेणु दाहाल सत्तारुढ गठबन्धनले टिकट दिएपछि स्वतन्त्र उम्मेदवार बनेका जगन्नाथ पौडेलले ७९०२ मत  प्राप्त गकेका छन्। 

उपमेयरतर्फ कांग्रेसका चित्रसेन अधिकारीले अग्रता लिइरहेका छन्। उनले २३०१९ मत प्राप्त गरेका छन्।  राप्रपाकी हिमला गुरुङले १३७१३ मत प्राप्त गरेकी छन्।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...