News Portal

गगन थापाको वडामा काँग्रेसका उम्मेदवार कार्की दोब्बर मतले निर्वाचित

हिमालीसंचार संवाददाता
३३९ पटक

काठमाडौं – नेपाली काँग्रेसले काठमाडौं महानगरपालिका – ३० बाट काँग्रेसले खाता खोलेको छ। महामन्त्री गगन थापाको गृह वडा समेत रहेको काठमाडौंको ३० मा काँग्रेस निर्वाचित भएको हो । थापाले काठमाडौंको वडा नम्बर ३० को मैतिदेवी मन्दिरमा रहेको मतदानस्थलबाट भोट हालेका थिए ।

उक्त वडामा काँग्रेसका दलबहादुर कार्की २०६१ मत ल्याएर वडाध्यक्षमा विजयी भएका हुन्। उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार कृष्णभक्त खड्गीले ९१६ मत ल्याएका छन्। थापाले मतदान गरेको वडामा काँग्रेसका कार्की ११४५ मतान्तरले विजयी भएका हुन्।

यसअघि काठमाडौंका वडा नम्बर १, २, ३, ४ र ५ एमालेले जितेको थियो। अहिले ६, ७, ८, २७, २८, २९, ३१ र ३२ वडामा मत गणना जारी छ । काठमाडौंमा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको भारी अग्रता छ । एमालेका केशव स्थापित र काँग्रेसकी सिर्जना सिंह दोब्बर मतले पछाडि छन् । 

प्रतिकृया दिनुहोस्

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...

आज २०८२ साल पुष १८ गतेको राशिफल

आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...